राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा डाँगी सर्वसम्मत

को हुन पुर्ण बहादुर डाँगी ?

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा पुर्ण बहादुर डाँगी निर्वाचित भएका छन ।

बुधबार सुर्खेत बिरेन्द्रनगरमा भएको प्रदेश सम्मेलनबाट डाँगी अध्यक्षमा सर्बसम्मत निर्वाचित भएका हुन । सम्मेलनबाट बरिस्ठ उपाध्यक्षमा शिवप्रसाद पाण्डे,महिला उपाध्यक्षमा बिष्णुमाया शाही,समाबेशी उपाध्यक्षमा,अक्कर पुन मगर, सचिव मोहन गौतम ,सह सचिव गिता रेग्मी ,कोषाध्यक्ष ममता गिरी र सह कोषाध्यक्षमा छिरिङ डोल्मा लामालाई निर्वाचित गरिएको छ । 

सम्मेलनले कर्णाली प्रदेशमा शिक्षाका बिषयमा नयाँ अभियान संचालन गरिने अध्यक्ष डाँगिले  जानकारी दिए ।

को हुन पुर्ण बहादुर डाँगी 

२०२४ साल कार्तिक २५ गते डोल्पाको जुफालमा जन्मेका डाँगी बिगत तीन दशक देखि शिक्षण सेवामा क्रियाशील छन । उनी उत्कृष्ट शिक्षकको रूपमा अाफ्नो छवि बनाउदै अाएका छन । निरन्तर रूपमा अाफुले अध्यापन गराउदै अाएको अादर्श माध्यमिक बिद्यालय जुफाल जिल्लाकै उत्कृष्ट र नमुना बिद्यालयको रूपमा परिचित समेत बनाएका छन ।

 डाँगी  एक अनुभवी शिक्षक र उत्कृष्ट सामाजसेवि मानिन्छन् । उनि  विभिन्न राष्ट्रिय पुरूस्कारबाट समेत सम्मानित भैसकेका छन ।