सपना भित्रका सपनाले जगाएका रहरहरु

दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा बोकेर एउटा यात्राको थालनी गर्दै थिए । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ त्यसरी नै हाम्रा जीवन पनि कुनै न कुनै बाहानामा चलि नै रहन्छ होला । यस्तो कहिल्यै सोचिएन की समाजको जीवन स्थर भन्दा आफुले पर गएर कहिल्यै जीवनको स्थर खोजिएन । त्यसैले होला आज जीवन उस्तै मानिन्छ तर सन्तुष्ट भने अनेकौ भेटिएका छन् । म सोचिरहेकी छु जीवन चलाउनका लागी आखिर आफुले गरेको काम प्रतिको सन्तुष्टी बाहेक अरु केहि नहुदो रैछ भन्ने यो संघर्षरत जीवन बाट सिकेकी छु । र त युद्ध यात्राको जीवन बाट कहिल्यै पछुतो गरीएको छैन । तर सपना अनेकौ देखिएका छन् र त रहरहरु पनि अनेकौ जागेका छन् ।

सोचिरहेकी छु जति बेला म यस्तो यात्राको थालनी मा थिए त्यति बेला म उमेरले सानै भए पनी जीवन परिबर्तनका सपनाहरु अनेकौ देखेकी थिए यस्तो हुदैन थियो म बाचुला या मरुला त्यसको कुनै ठेगान नभएको समय स“ग म आफै पनि अपरीचित हुदाहुदै पनि तर किन हो किन आत्मीयता भने नजिकीएर गास्न मन लागीनै रहन्थ्यो । यो एउटा समय स“गका जीवन सुरुवातीका रहर लाग्दा पलहरु थिए यस्ता दिनहरु ले हो आखिर हामी को हौ र के जीवन बाचिरहेका छौ भन्ने अनुभुतीका मिठा पलहरु छरेर जीवन बाच्नुको अर्थ सिकाएको अहिले पनि ती क्षणहरु ताजै लाग्छन् ।

मलाई लाग्छ । आज सम्म का उपलब्धीलाई मैले मेरो जीवनका रहेक पाईला सँग जोडेर हेरेकी छु पछुतो भने कत्ती गरेकी छैन । जीवन एक अनुभब हो त्यो युद्ध यात्राको होस या जेल जीवनको होस सबै यी अनुभहरुलाई सगाल्नु र यी अनुभुती लाई सुरक्षित गर्नु बाहेक म सँग अहिले अरु समय छैन । मानौँ कि आज पनि यात्राको एउटा गन्तबयमा पुग्न अझै पनि बाकी छ जो यात्रा आज म एल्लै ले होईन थुप्रै यात्रीहरु म सँगै जोडिएर आएका छन् ।

अनौठो नमान्नु होला म जीवन यात्राका डोबहरु चलाएर आफ्नो जीवन लाई सुन्दर देखाउने सपनाहरु को भोकी थिए किन की मेरा जीवनका पैतलाहरु त्यहि बिराशत बाट टेक्दै आईरहेकी छु । बिराशत यस्तो थियो जति बेला म सानो हुदा बुनेका सपनाहरुले मलाई कहिल्यै निदाउन दिएको थिएनन् । त्यसैले होला मैले जनयुद्ध को जोखिम मा आफ्नो जीवनलाई सन्दर तरीका बाट मैले समर्पित गरेकी हु लाग्छ अहिले पनि म सोच्न सकिरहेकी छैन किन की मैले आफ्नो जीवनको कुनै पनि समय म जनयुद्धको पृष्ठभुमी भन्दा बाहिरको त्यो जीवन र आफ्नो बिराशतीय जीवनका सुन्दर पक्ष लाई कहिल्यै टाढाको सम्झीन त्यसैले हो म आफु अहिले पनि आफ्नो ईतिहा“स प्रति ईमान्दार भएर जीवन चलाईरहेकी छु । सोचिरहेकी छु आज पनि त्यो जीवन र यो जीवनका अनौठा तर चाख लाग्दा मेरा संघर्षका ती सुन्दर डोबहरुलाई अहिले पनि उस्तै मानिरहेकी छु । र जीवन एक यात्रा हो भन्ने लागेर नै आफुले मैले यो यात्राको यो जीवन सुरुवाती गरेकी हू ।

अहिले पनि सम्झीन्छु म जती बेला समय सँग कहिल्यै गुनासो गरिन किन की समय यस्तो थियो आफ्नो भन्ने आफु सँगको एउटा घाईते जीवन बाहेक अरु केहि थिएन सोच्नु होला कि म आफै आफ्नो जीवनको बारेमा आफै सोच्ने अबस्थामा थिएन किन की म आफु आज जुन स्थानमा छू त्यो समय स“गको के लेखाजोखा गरिरहनु आज त्यो समय स“ग म परिचित तर अनबिज्ञ जस्तै मानिन्थे । मेरो आफ्नो भनिएको यहि जीवन पनि आफ्नो थिएन किन कि म समाज परिबर्तनको बाटोमा थिए त्यो बाटो मेरो थियो तर त्यो जीवन बाचेको म आफ्नो लागी थिएन त्यो देश परिबर्तनको लागी थियो । र त म आफु पनि समाजकै लागी भए आफ्नो जीवन त्यो यात्रामा समर्पित गरे आफुले सुखि हुने यात्राका अनुभुती बटुलेर एउटा यात्री को जीवन जिउने कला सिके । त्यही कलाले हो आज म आफ्ृनो यात्राको बारेमा दुनिया“को अगाडी बणन गर्दै हिडिरहेकी छु सुखि यसैमा गरेकी छु ।

एउटा यात्राको थालनी गर्दै थिए जति बेला म एउटा सुन्दर यात्राको परिकल्पना गर्दै आफ्नो यात्राको थालनी मा थिए । म आफै सोचिरहेकी थिए । यो परिक्षा बाट पास हुन सकुला या नसकुला त्या त समय ले बताउला त्यो समयको परिक्षा मा जहिले पनि म आफु हाजीर हुने गरेकी छु । किन की यो जीवन भनेकै परिक्षा पास गरेर जीउने एउटा कला पनि हो त्यसैले हो मैले पनि यो जोखिम यात्रामा आफ््नो जीवनलाई आफु सुखि सुरुवाती गरेको अब यात्राका केहि अनुभुती तिर लागौ यी बिराशत का र बर्तमानका दोभान हरु हुन् ।

मलाई लाग्छ । आज सम्म का उपलब्धीलाई मैले मेरो जीवनका रहेक पाईला स“ग जोडेर हेरेकी छु पछुतो भने कत्ती गरेकी छैन । जीवन एक अनुभब हो त्यो युद्ध यात्राको होस या जेल जीवनको होस सबै यी अनुभहरुलाई सगाल्नु र यी अनुभुती लाई सुरक्षित गर्नु बाहेक म सँग अहिले अरु समय छैन । मानौ कि आज पनि यात्राको एउटा गन्तबयमा पुग्न अझै पनि बाकी छ जो यात्रा आज म एल्लै ले होईन थुप्रै यात्रीहरु म स“गै जोडिएर आएका छन् । ती यात्रा भित्रका मेरा दौतरीहरु आज कोहि म स“ग रहेनन् कोहि ले यो यात्राको निम्ती आफ्नो जीवनलाई यो देशको निम्ती बलिदान दिएर यो संसारबाट बिदा भएका छन् त्यहि तातो रगतले सजिएको यो बाटो मा म आÏनो जेल जीवनबाट बाकि रहेको जीवनलाई यो यात्रा मा जोडिरहेकी छु यो मेरा लागी सौभाग्य ठानेर आज यो यात्रा मा निरन्तर हिडिरेकी छु ।

जेल नेल खानु र यो यात्रामा बलिदानी दिनु मेरो आफ्नो लागी थिएन मैले रोजेको यो यात्रामा मेरो बर्गको निम्ती र मेरो संसार बदल्ने लक्ष्यका निम्ती थियो । त्यसैले हो मैले आफ्नो यात्रा बिचमा आएका सबै कठिनाईलाई आज सहजरुपमा यो संसार बदल्ने यात्रीहरुको बिचमा निर्धक्क तरीकाले सुलाउदै हिडेकी छु मानौ की कुनै एउटा एका देशका कथा जस्तै भएका मेरा ति कथाहरुलाई मैले जिबितरुपमा साचेर आज देनिया“ सामु भन्ने गरेकी छु । हामीले यो यात्रामा भोगेका कथाहरु आज यो समाज र देशको निम्ती भनेर त्याग गरेका छौ तर दुनियाँमा कोहि यस्ता स्वार्थी मानीसहरु छन् जसले यो दुनिया“लाईै बुझ्न नसकेर आफु नै खाल्डोमा पुरीने गरेका छन् । मैले त यो यात्रा रोज्नुमा एक पटकको लागी यो देशको निम्ती आतंककारीको रुपमा स्थापित भए पनि अहिले यो दुनियाले बाहिरी मनले भन्न नसकेको भए पनि भित्र मनले ले गणतन्त्र आउनु र यो देशले यति सम्मको परिबर्तनको बाटो बदल्नु आखिर हाम्रै योगदानले हो भन्ने कुरा दुनियाले बुझेका छन् तर भन्न सकिरहेको छैनन् यो नै मेरो र मेरो पुस्ताको उपलब्धी हो भनेर मैले खुसि मानेकी छु ।

मैले यो समाज परिबर्तनको बाटो निम्ती के त्यागिन बाबाआमा दाजुभाई र आÏनो जीवनका महत्वपुर्ण मानिएका मेरा सहयात्री आखिर यी सबै यो देश परिबर्तनको निम्ती थिए आज दुनीयाले जे जसरी बुझे पनि मेरो यो यात्रा को महत्व मेरो बर्गले बुझेको छ र आज म यो यात्रामा थप हौसला प्राप्त गरेकी हुन्छु त्यसैले आज दुनियाँ सामु यो मेरो शिर निउराउनु परेको छैन । म आफै पनि एउटा यात्राको निम्ती जीवन समर्पीत गरेर हिडेकी एउटा यात्री हु यो यात्रामा आउने सबै दुख कष्टलाई सहजै मानेर हिडिरहेकी छु । लाग्छ यो बर्ग र मेरो सपनाको यात्रा जब सम्म सफन हुदैन तबसम्म म आफु सपनाको यात्राबाट बिचलित नहुने प्रण गरेकी छु ।

मैले हिडेका ति सुन्दर बाटाहरु आज पनि मेरा लागी र मेरा सहयात्री को लागी पर्खाईमा बसिरहेका छन् । म पनि ती पैतलाका छापहरुलाई दिन गिन्तीको रुपमा कुरिरहेकी छु आज । मानौ की एउटा ढुकुरको जाडिले आफ्नो प्रेमीलाई पर्खाईमा बसे जसरी आज मेरा सहयात्रीको निम्ती त्यो दिनगन्तीको रुपमा म आफु जहिले पनि आतुर भएकी हुन्छु र भन्न मन लाग्छ प्रिय सहयात्रीका मनहरु आज म उस्तै छु र तिम्रा कोमल मनहरु पनि मैले पनि उस्तै मानिरहेकी छु ।

तर यात्रा रोकीएको भने पटक्कै होईन तर हामीहरु भने लक्ष्य प्राप्तीको बाटो मा अनेकौ यात्रा को तयारी गरीरहेको छौ । र त खुसि लागेको छ म कुनै दिन यो संसारमा हामीले अहिले जिते जसरी पनि हाम्रो जितको नारा लाउन आतुर अहिले पनि छु त्यसैले म यो यात्रा बाट बिचलित छैन ।  अन्तीममा म चुलीको कसम आज जुन संसार बदल्ने याात्रामा छु यो यात्राबाट मेरोे राजाईको संसार प्राप्त नहुन्जेत यो यात्रा बाट बिचलित हुने छैन तब सम्मको लागी यो यात्रा मेरो जीवनको यात्रा जसरी चलेको त्यसरी अन्तीम सम्म चलाउने प्रण गरिरहेकी छु ।
अस्तु