आधुनिक युगले गुमराहमा पारेको प्राचिन कपडा उद्योगको कन्तबिजोग

एक उद्योगीको घतलाग्दो कथा

 

४० बर्ष अगाडि जुनेली टेक्सटायल उद्योगमा मजबुरी गर्थे नेपालगन्ज उप महानगरपालिका ६ का अहमद हुसेन रंगरेज । समय बदलियो सपना बदलिए बिस्तारै त्यहि उद्योगका मालिक बने । उमेरले सत्तरी पार गरीसकेका हुसेनका गाला यतिबेला चाउरी परीसकेका छन । उनको शरिर जस्तै जुनेली पनि चाउरी परेको छ । सोमबार आफ्नो पौरखीले सञ्चालन गरेको उद्योगको बेलिबिस्तार लगाउदै भने मेरो उमेर जस्तै जुनेलीले पनि थुप्रै आरोह अबरोह पार गरेको छ । उमेर जस्तै पुरानो कपडा उद्योग पनि नराम्ररी पुरानिएको छ । संगै सुरु गरेका उद्योगहरु उहिल्यैै बन्द भए तर हुसेनका गाला जस्तै ४० बर्ष पुरानो सञ्चालीते जुनेली टेक्सटायल उद्योग जसोतसो चलिरहेको छ । उनि भन्छन घिटिघिट चलिरहेको छ ।

बर्षाैँ पुरानाे मेसिन देखाउदै अहमद हुसेन रंगरेज

मजबुरी जिवनको सपना थियो उद्योग

भारतकाे फैजाबाद बाट  रंहिसा रंगरेजसंग २०२० सालमा बिहे गरेका हुसेनकाे सपना उद्याेगपति बन्ने थियाे । त्यहि सपनालाइ मुर्तिकृत गर्न उद्याेग किने ।  ३० को दशक तिर जुनेली उद्योग बिश्वमान सेरचन भन्ने ब्यक्तीले चलाउथे त्यसैमा मजबुरी गर्थे अहमद हुसेन रंगरेज भारतको फैजाबादबाट काम सिकेर आएका हुसेन कपडा उद्योगका खास मान्छे थिए । बिस्तारै मजबुरीबाट जम्मा भएको पैसाले हुसेनले काम गर्ने उद्योग नै किने । त्यतिबेला साढे तिन लाख हालेर उद्योग किने र सुरु गरे । हुसेनको सपना थियो राम्रो उद्योग सञ्चालन गरेर नाम र दाम कमाउने उनिसंगैका थुप्रै साथीहरु अन्य ब्यवसयामा लागे कोहि भारततिर हान्निए तर हुसेन नेपालमै केहि गरेर नेपालको नाम कमाउने सपना बोकेर उद्योग चलाउन तम्सीए । समय बित्यो सपनाहरु थपिए तर उद्योगले सपना पुरा गर्ने संकेत देखाएन । दिनानुदिन बेराेजगारीले बाहिरिने युवाहरूलाइ स्वदेशमै उद्याेग खाेलेर राेजगार दिने हुसेनकाे सपना अलपत्र भयाे । 

कपडा निर्माण हुने मेसिन देखाउदै रँगरेज

अभावको तुवाँलोमा जुनेली टेक्सटायल

नेपालगञ्जको मौसम समयअनुसार बदलिरहयो । तर जुनेली उहि अबस्थामा रहरिहयो । ठुलो सपना बोकेर सुरु गरिएको उद्योग दिनानुदिन कमजोर हुदै गएको देखेर हुसेन कहिलेकाँहि दिक्दार हुन्छन । उनि भन्छन उद्योग किन्ने रुपैयाले जग्गा किनेको भए करोडौँ पैसा आउथ्यो जिवन बदलिन्थ्यो । करिब तिन दशक पुरानो प्राचिन कपडा उद्योग उपयुक्त लगानी र ब्यवस्थापनको अभावले खुम्चीएको उनको भनाई छ । भन्छन हामीसंग लगानि गर्ने अबस्था भएन एकातिर घरको आर्थीक अबस्था कमजोर अर्कोतिर सरकारी बेवास्ता राजनितिक घटनाक्रमहरुको दवाब सबै यसका कारक बने । सरकारले हामी जस्तालाई ध्यान दिएन । घर ब्यवहार धान्नु बाहेक अरु बिकल्प रहेन । उनले यहि उद्योगको सहायताले मात्र १७ जनाको परिवार पाले ।

कपडाहरू निर्माण हुने मेसिनहरू

संकटकालले निम्त्याएको संकट

जब उद्योगले केहि गर्ने समय थियो देशमा संकटकाल लागु भयो । संकटकालले ब्यवसायलाई पनि संकटमा पुर्यायो । लगानि गरेर उठाउने बातावरण भएन । मुख्य निर्यात हुने क्षेत्र कर्णालीमा झन त्यसको प्रभाव पर्यो । हुसेन ब्यवसायबाट झनै निरास भए ।

उद्याेगमा उत्पादन भएकाे घरेलु धाेतिहरू देखाउदै रंगरेज

असन्तुष्ट सन्तान

४ छोरा र दुई छोरीका बाउ हुसेन आफनो ब्यवसायले सन्तानलाई खुशि बनाउन नसकेको बताउछन । त्यहि उद्योग चलाउदा चलाउदै फुलेको कपालले सन्तानका सपना नफुलाएको दुखेशो गर्छन । उद्योगबाट प्रगति हुने अबस्था नदेखेपछि छोराहरुले बिस्तारै ब्यवसाय परिर्बतन गरेको उनको भनाई छ । छोराहरु भने ब्यवसाय परिबर्तन गरेर खेलौनाको थोक ब्यापार गरिरहेका छन । उनिहरु भन्छन आधुनिक जमानाले यस्ता प्राचिन उद्योग धन्दाहरु छायामा पर्दै गईरहेका छन । यसबाट घरब्यवहार धान्न हम्मेहम्मे भएपछि अन्य काम गर्न सुरु गरेको उनिहरु बताउछन ।

श्रीमतीका साथमा अहमद हुसेन रंगरेज

यी हुन जुनेलीमा उत्पादन हुने सामाग्रीहरु

घरबनको धोती,सल,ठेटुवाको कपडा उत्पादन गरिने उद्योग आबश्यक लगानिको अभावका कारण अप्ठयारोमा परेको छ । कर्णालीका बिभिन्न जिल्लामा निर्यात हुने कपडा प्राय जाडो सिजनमा बिक्र हुने उनको भनाई छ ।

सरकार कहाँ छ थाह छैन

सरकार कहाँ छ के गर्दैछ केहि जानकारी नभएको उनको गुनाशो छ । सरकारलाई कर बुझाउने बाहेक अरु काम नभएकोे उनिहरु ब्ताउछन । अनुुदान र उपयुक्त सल्लाह सुझाबको कमि भएको उनिहरुको दुखोसो छ ।

बजार छैन

हुसेनका अनुसार बजारमा नेपाली उत्पादनको माग कम छ । नेपालमै उत्पादित सामानले मुल्य नपाउनु पनि त्यसको अर्को कारक भएको दावी छ । रु २ सयमा सल,१ सय देखि ३०० सम्मा घरबनको धोली र ४५ रुपैया मिटर ठेटुवा पर्ने भएपनि अहिलेको बजार भन्दा कष्ट बढि भएको जिकिर गर्छन । सामान जुनसुकै स्तरको भएपनि आधुनिकताले नेपाली उत्पादनलाई कमजोर बनाइदिएको उनको बझाई छ । प्राचिनखाले कपडा भएकोले यसको मुख्य बजार कणार्ली भएपनि बिस्तारै कर्णालीमा यसको बिक्रीमा कमि आएको ठहर छ ।