जन्मिदै भाग्य खोसिएको अभागी मान्ठ 

सम्झना मात्रै छ  म आफु हासेर दिदिलाई रुवाएको त्यो क्षेण जति बेला म उमेरले त्यहि ४ बर्षमा दौडिरहेको हुदो हौ सायद यस्तै यस्तै लाग्छ अहिले जति बेला मेरो बारेमा भलो सोच्ने मनहरु अनगिन्ती थिए तर भन्न सकिरहेका थिएनन् किन की म आफु हासेर दिदिलाई दिनहु दिन रुवाईरहेको थिए ।

लेखक – बिवश कुमार सेजुवाल ,रारा तालको किनारमा

मलाई थाहा थिएन मान्छे बाच्नुमा र मर्नुमा के फरक पर्छ भनेर आमाले प्रत्येक पटक आफु मर्ने कुरा गरिरहनु हुन्थ्यो तर त्यो बाला पनको मेरो मानसपटलमा भने आमा मरे पनि सरोकार थिएन आमा बाचेपनि सरोकार थिएन किन की मलाई त्यो मृत्युको कुनै महत्व थिएन । महत्व थियो त केवल एउटा कुराको मात्र थियो म आमा बिरामी हुदा पनि ती सुकेका आमाका दुधका निप्पलहारुलाई  सके जति चुसिरहेको हुन्थ्ये ती दुधका नेम्पलहरु चुस्नुको मजा जस्तो त त्यो उमेरमा अरु केहि पनि हुदैन थियो । जब आमा को ती दुध चुसिरहेको हुन्थ्ये आमाले भनेको सुन्थे तर त्यसको महत्व बुझ्दैन थिए ।

 म आफु जन्मेको खासमा न त बाबालाई थाहा छ न त आमालाई थाहा छ म जन्मीदा खेरी साँझ पख सुर्य अस्ताउनै लागेको थियो भन्ने हल्ला मैले पछि बाबाको मुखबाट सुनेको थिए तर आमाको सपना भने अधुरो राख्यो यो निष्ठुरी समयले ।

आमाको त्यो सुकेको छातीमा म जब लडिबुडि गर्दै हुन्थ्ये आमाले तब अाफ्नो त्यहि सुकेको छातीमा राखेर अाफ्न‍ो आखा वरिपरि सुक्न लागेका ती आशुका ढिकाहरु निकालेर मलाई केहि भन्न नसकि मनमनै सोचेर रोएको मात्रै म देखिरहेको हुन्थ्ये । लाग्थ्यो आमा के को लागी र किन रुनु भएको होला म बाबालाई देखेर आमा रोएको कथा हासेर सुनाईरहेको हुन्थ्ये । यी सबै आमाको दुध चुस्दै गरेका मेरा ती बिरासतहरु हुन् । त्यो बेलामा आमाका सपनाहरु त अनेकौ  थिए होलान् ।

अरु धेरै सपनाहरुको अर्थ बुझ्ने म भैसकेको थिईन तर  मेरो भित्री मनमा भने एउटा सानो आमााको सपना थियो त्यो सपनाले अहिले सम्म  म आफु जन्मेको खासमा न त बाबालाई थाहा छ न त आमालाई थाहा छ म जन्मीदा खेरी साँझ पख सुर्य अस्ताउनै लागेको थियो भन्ने हल्ला मैले पछि बाबाको मुखबाट सुनेको थिए तर आमाको सपना भने अधुरो राख्यो यो निष्ठुरी समयले । को मैले आफै देखेको थियो । त्यो आमाको सपना सपनामा मात्रै सिमित भएको त्यो दिनलाई सम्झीएर ल्याउदा अहिले पनि म आफुलाई समाल्न सक्ने अबस्थामा हूदैन । कठै मेरी आमाको त्यो कल्पनाको सुन्दर महलमा मलाई सुम्सुम्याउदै आफ्नो त्यो सुकेको छातीमा राखेर ढुंगा माटोले खिएका ती खस्रा हातहरुले मेरो गाला सुम्सुम्याउने मेरी आमाको त्यो धोको अधुरो हुदै आमाले यो संसारबाट हामीलाई छाडेर गएको त्यो पलको पिडा दिदिलाई बाहेक अरु कसैलाई पिडा बोध भएको थिएन होला । लाग्छ आमाले पनि मलाई अाफ्नो काखमा राखेर दुध चुसाउदै गरेको बेला बाबाले मलाई हकार्नु हुन्थ्यो । सानोमा धेरै दुध खायो भने दाँत मा किरा लागेर छिटै दात झर्छन् भन्ने हाम्रो प्रचलन छ ।

त्यसैले पनि बाबाले मलाई दुध खान दिनु हुदैन थ्यो । सम्झीन्छु अहिले बाबा आफु बुढो हुनुको पिडाले पनि होला मलाई चिन्तीत भएर सम्झाएको तर आमाको मनको हो । अाफ्नो दुध खुवाउन छोड्नु भएन । यी बालापनका सम्झनाहरु हुन् । 

 म आफु जन्मेको खासमा न त बाबालाई थाहा छ न त आमालाई थाहा छ म जन्मीदा खेरी साँझ पख सुर्य अस्ताउनै लागेको थियो भन्ने हल्ला मैले पछि बाबाको मुखबाट सुनेको थिए तर आमाको सपना भने अधुरो राख्यो यो निष्ठुरी समयले ।

आमाले पनि आफु रोएर दुनियाँ आफन्तलाई हसाएको यो दिन कति मिठो लयमा मैले बुझिने गरेर सुनाउदै हिड्नु हुन्थ्यो होला आज यी सबै आमाका सजिब सपनाहरुलाई म आफै काल्पनीक रुपमा खाली कापीको पानामा केरमेट गर्दै सम्झनाहरु नचाउन थालेको छु । लाग्छ यदि आमा हुनुको खुसियाली मैले आमालाई बुझ्ने गरेर दुनियाँको अगाडी बोल्न पाइदिएको भए आज आमाले म छोरा जन्माउनुको हर्ष आज दुनिया सामू कसरी भन्नु हुन्थ्यो होला म कल्पना मात्रै गरिरहेको छु ।

   जीवनको सुरुवात त आखिर यहि झुपडी बाट सुरु गरेको छु मैले । माथि हेर्दा थोरै मात्रै हरीयाली देखिने एउटा सानो जङ्गल छ । वरपर हेर्दा बानी नपरेकाहरुका लागी अलि सौन्दर्य नमिलेको देखिने त्यो सानो गा“उ आखिर मेरा लागी त स्वर्ग भन्दा पनि बढि प्यारो लाग्ने गर्छ । हो त्यहि गाउमा हो मेरी आमाले मलाई पाल्नको लागी मात्रै पनि अनेकौ संषर्घ गर्नू भएको थियो ।

लाग्छ आज पनि आमाले मलाई केहि बनाउने सोचेको सपनाहरु आज त्यहि सुन्दर गाँउमा मैले सपनाको पोको पारेर राखेको छु । आमाले मान्नु भएको थिएन होला मेरो जन्म झुपडिमा दिएको छु भनेर किन की आमाको सुन्दर सपनाको म राजकुमार थिए । आमाको नजानिदो सपनाहरु त कति हुन् कति आज ती सपनाहरुको मैले लेखाजोखा गरेको छैन तर आमाले बुनेका सपनाहरुको भने महत्व बुझ्ने भएको छु ।

हेर्नेहरुको लागी त्यति सुन्दर देखिदैन त्यो मेरो झुपडि तर बुझ्नेहरुका लागी भने स्वर्ग नै लाग्छ हो म त्यहि बुझ्नेहरु भित्र पर्दछु । किन की म आमाको सपनाहरु लाई त्यत्तिकै सेलाउन दिन सकिरहेको छैन त्यसैले पनि होला आज म आमाको सपना बोकी हिडिरहनमा आनन्द मानिरहेको छु । लाग्छ आज पनि म त्यहि पाखा पखेराहरुमा आफुले दैनीकी गुजारेको दिनहरुलाई बेला बेलामा सम्झीने गरीरहेको छु ।

अनौठो भने कत्ती मानिरहेको छैन आमा र सपनाहरु म स“ग जस्ताको त्यस्तै जीवित नै देखिरहेको छु र त आज आÏनो आमाको सपनालाई कुनै न कुनै माध्यम बाट साकार पार्ने धोकोले आजको यो यात्रा रोजिरहेको छु ।

आमाले छाडेका दैनिकीहरु आज पनि त्यहि भुमीमा जस्ताको त्यस्तै टल्कीरहेका देखिरहेको छु तर आज ती सधै हासिरहने सुन्दर हिमालहरु आज हास्न मानिरहेको म देखिरहेको छैन किन की ती सबै सबै आमा नहनुको पिडामा म भाबबिहलमा छु । र सम्झीन्छु मेरा प्रिय चुली र पुगका सिराहरुलाई आजको दिन ती हिमालहरुको साहाराले मेरो आमाको यादगर नबनेको त्यो अनुहारलाई सम्झीरहेको छु ।

अली तल पट्टी कणाली नदि बगिरहेको छ लाग्छ आज पनि त्यहि नदी उहि गतिमा बगिरहेको छ मानौ की त्यो नदिको कुनै सहयात्री छैन होला र आफु आÏनो गतिमा कुदिरहेको छ । तर मलाई त्यस्तो लाग्दैन मेरो आमाको सहयात्रीको रुपमा पनि त्यहि कर्णाली नदी नै सहयात्री भएर सहयात्रा गरिरहेको थियो । त्यसैले पनि आमाको सहयात्री बन्न पुगेको होला जस्तो लागिरहेको छ । सोध्न मन लाग्छ घरी घरी आमाको यात्रा कहा“ सम्म थियो होला र आमाले कुन ठाउको यात्राको लागी त्यति लामो यात्राको बाटो तय गर्नू भएको होला आज ती सबै सपनाहरु आमाको निम्ती र मेरो निम्ती कल्पना जस्तै मात्रै हुन पुगेको छन् यस्ता त आमा नहुनु भन्दा पछिका मेरा अभाबका अनुभुतीहरु कति हुन् कति आज सबै सगालेर राख्नु बाहेक म सँग अरु बिकल्प केहि पनि रहेन यो परिबेशमा आज म नतमस्तक छुृ ।

केहि बोलौ भने पनि आज मेरो बोल्ने साहाराको रुपमा आज केवल एउटा मेरो प्रिय कवि जी मात्रै मेरो सहयात्री को रुपमा पाएको छु र आजको दिन आमाको खुसि प्रिय कविको साहारामा काटिरहेको छु । आफु भने उहि आमाले छोडेका आधा दुखको भारीलाई बिसाउने चौतारीको खोजीमा आÏनो यात्रालाईं तय गर्दै छु । 

 त्यो समयमा पनि भन्नेहरुले अनेकौ भनेका थिए तर मैले आफ्नो बिराशतलाई भने भुल्न सकेको छैन आज ती दिनहरु जस्ताको त्यस्तै सजिब ऐनाको रुपमा मेरा अगाडी ठिक उभिएको देखेको हुन्छु लाग्छ म आमा बिनाको यात्रालाई त्यो झुपडी बाट जोडेको थिए । मेरो दिदिले कैयौ पटक त्यहि झुपडीमा आमा नहुनुको पिडालाई कति पटक आफु सके जति आँखा रित्तो हुने गरी रोईकराई गर्नु भएको थियो ।

म त्यो सत्य मानिरहेको थिएन आज ती दिनहरु बिस्तारै सत्यतामा पुगेको मलाई आभाष भैरहेको छ । किन की आमाले छोडेको अधुरा सपनाहरु सँग अहिले पनि नजिक भएर बस्न मन लागिरहेको हुन्छ । त्यसैले हो त्यो गा“उका मेरा आगनीहरुमा मैले खुसिका साथ नाच्न नपाएको करिब दूई दशक पार भएर तिन दशक को नजिक पुगिसकेको छु दिनहरु उस्तै छन् ।

आफु भोग्ने गरेका अनुभुतीहरु मात्रै फरक हुन पुगेका छन् । म गर्भ गर्छु दिनहरु बदलिए पनि आफुले गर्ने अनुभुतीहरु उस्तै छन् र म पनि आज त्यहि ठाँउमा छु र आफु ले गर्ने अनुभुतीहरु फरक हुन पाएका छैनन् त्यसैले त यो माटो सँग म र मेरो आमाले सोच्ने गरेका सपनाहरु आज पनि मिल्न गएका छन् । भलै भोली का दिनहरुमा म आमाले सोचेका सपनाहरु पु्रा गर्न नसकुला तर आफुले जाने जतिको आमा को पबित्र यात्रालाई भने अगाल्न सक्छु भन्नेमा म विश्वस्त छु र आज याँहा सम्म पुगेको छु मेरो पुञ्जनीय आमा को लागी अनेकौ सम्जना बाहेक अहिले अरु म सँग केहि पनि छैन बस् यति नै अहिले ।

  जीवनका कथाहरुले मान्छेलाई कहाँ देखि कहाँसम्म पु¥याउछ त्यो भने थाहा नहुने रहेछ । मानौ की म भौतिकबाद लाई अाफ्नो जीवनको मार्ग दर्शक जीवनको जिउने कलाको रुपमा प्रयोग गर्दै आईरहेको छु । म आÏनो भाग्यमा भन्दा मेहेनतमा बढि बिश्वास गरेर आज सम्म जीवन चलाईरहेकोे छु । तर कहिले काहि लाग्छ म आफै पनि आफुृ देखि हारेको अनुभुती गरीरहेको हुन्छु । र मलाई आफै लेख्न मन लाग्छ म झुपडिमा जन्मेको अभागी मान्ठा मै रहेछु ।

मैले जीवनमा सबै कुरा जितेको छु सानो उमेरमा मैले धेरै काम गरेको छु । त्यो मेरो काम गराईको समय तालीका हेर्ने हो भने म अहिले उमेरले ५ दशक काटेको हुनु पर्ने थियो । संयोग मेरो उमेरमा त्यो हुन सकेको छैन । अहिले बल्ल तिन दशक मा पुग्न खोज्दैछु ।

गर्न सकेका कामहरु अनेकौ छन् तर पुरा हुन नसकेका पनि मेरो जीवनका कामहरु भने झनै धरै छन् त्यसैले ती कामहरु भोली गर्न सकुला या नसकुला त्यो भने समयले बताउने छ आज भने ती सबै मेरो जीवनमा परिक्षाको रुपमा अट्कीएका छन् । मानौ की म कुनै बेला यो कुरामा गर्भ सकु की मैले जितेको जीवनबाट मान्छेहरुले आÏनो जीवन जिउने कला सिकेको सुन्न पाउ“m यी सबै यात्राले दिएका अनुभुतीहरु हुन् जो जे प भनोस् म भने सत्य बोल्न छोडेको छैन । 

मैले जीवनमा जितेको हजारौ जितहरु मध्य मलाई एउटा हारले थला पारेको हुन्छ । त्यो हार भनेकै आमा म बाट बिछोडिनु हो मैले जीवनमा कति पटक अभाबको महसुस् गरेको छु । धेरै मेरा जितहरुले दुनिया“ लाई जीवन जिउने कला सिकाईरहेको हुन्छ तर एउटा हार ले मात्रै म त्यो जीवन बाट आफै कहिले निको नहुने गरी ओछ्यानमा पल्टीरहेको हुन्छु मानो कि कुनै एउटा सिकारीको मृगलाई गोली लागे जसरी घाईते मृग जसरी आफु बाच्नको लागी साहारा खोजीरहेको हुन्छ त्यसरी नै म पनि त्यो क्षेण सम्झीने बेला मा आफ्नो बाच्ने आधार खोजेर आÏनो जीवनको सुरक्षित ठाँउ खोजेर एकान्त बसिरहु जस्तो लाग्छ ।

आज त्यहि सेरोफेरोमा म जीवन धानेको महसुस् गरीरहेको समय सँग दौडिरहेको छु । तर हार भने खाएको छैन । यी सबै मैले जोड्ने गरेको भावनाहरु त्यहि झुपडीको अभागी मान्ठका कुरा हुन् आज सबैै यी कसैको लागी अनौठो लाग्ने गरेको हालान् तर म त्यो समय स“ग जोड घटाउको हिसाब माग्ने गरेको छैन किन की म पनि कहिले काहि आफु हारेर अरुलाई जिताउने सेरोफेरोमा लागेर आफु आफै हारेको पत्तो नपाउने ब्याक्ति हु यो भन्दा मेरो प्रिय आत्मीय मनहरुलाई अनौठो नलाग्ला किन की म आफुले उनिहरुको खुशीको निम्ती मैले दुनिया“लाई हसाएको छु तर आफ्ना निम्ती भने हास्न पाईरहेको छैन । यो त समयको दोस होला या मेरो दोस होला त्यो समयको निसाब ले फैसला गरीदेला म त त्यो चौतारीको एक यात्री न हु प्रिय समय ।

    दोस कसैको छैन याहाँ म त्यो झुपडीमा जन्मीनु र त्यो आमा को अभाब झेल्नु मा आखिर म आफै दोशि हु् किन की त्यो बेला एउटा सिटामोल सम्म किनेर खुवाउन सक्ने मेरो बाबाको बिराशत थिएन त्यही बिराशतले मलाई आÏनो आमाको मुख सम्म राम्ररी हेर्न दिएको थिएन तर त्यो बिराशत हटेको छ अहिलेको यो परिबेशमा त जति भन्यो त्यति औसधि मुलो गर्न सक्ने अबस्थामा मेरो त्यो गाँउ छ । तर उ बेलाको त्यो समय सँग लड्न नसकेर मैले त्यो बेला आफ्नाहरू आफुबाट सधैका लागी गुमाएको छु । लाग्छ आज म भएर म आफु चिनिन पाएको छु आमा को त्यो असिम प्यार बाट टाढिएको छु । तर आफुले भने हार मानेको छैन यो नै मेरो लागी जित को घडी हो ।

त्यही भएर आज यात्रालाई पुणता दिन प्रिय कविको सहयात्राले म आमा र बाबाको अधुरा सपनाहरु उसको अनुहारमा देखेर आफु प्रिय कविको सहयात्राले पुरा गर्ने संकल्प लिन्छुृ यो झुपडीमा जन्मेको अभागी मान्ठको सक्कली कथाहरु हुन् यी बाकी त कुनै बेला लेखुला आज यती नै अस्तु ।।