सुन्तला जोनको सम्पर्क कार्यालयमा स्थानीयले गरे तालाबन्दी

सार्वजनिक लेखा परिक्षण गर्ने सहमति

कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत परियोजना कार्यान्वयन ईकाई सुन्तला जोन जाजरकोटको सम्पर्क कार्यालयमा सनिवार स्थानीयले तालाबन्दी गरेका छन् । गत आर्थिक बर्षमा परियोजनाले गरेको आर्थिक कृयाकलापको जानकारी समुदायलाई नगराएको भन्दै स्थानीयले सनिवार परियोजना कार्यन्वयन ईकाई सुन्तला जोनको सम्पर्क कार्यालयमा तालाबन्दी गरेका हुन् ।

परियोजना कार्यन्वयन ईकाई सुन्तला जोनको सम्पर्क कार्यालयमा तालाबन्दी गरेका स्थानीयहरुले परियोजना कार्यन्वयन ईकाई सुन्तला जोन प्रमुख टंक प्रशाद रिजालले परियोजना संचालन भएको पहिलो बर्षमा गरिएको कृयाकलापहरुो आर्थिक लेखाजोजाको सार्वजनिक नगरेको, सुन्तला जोन व्यवस्थापन समितिले दिएको  कुनैपनि परामर्शलाई व्यवास्था गरि कार्यक्रम संचालन गर्ने गरेको र सुन्तला जोन संचालन भएको सम्बन्धित वडाका जनप्रतिनीधिसंग कुनै समन्वय र सहकार्य बिना कार्यक्रम संचालन गर्ने गरेको आरोप लगाएका छन् ।

सनिवार स्थानीयले परियोजना कार्यन्वयन ईकाई सुन्तला जोनको सम्पर्क कार्यालयमा तालाबन्दी गरेपछि परियोजना कार्यन्वयन ईकाई सुन्तला जोन प्रमुख टंक प्रशाद रिजालसंग स्थानीयको दुईपक्षिय वार्ता भएको रामचन्द्र आधारभुत विद्यालय पाँचकाटियाका प्रअ नीम बहादुर वलीले जानकारी दिए । दुईपक्षिय वार्तापछि गत आर्थिक वर्षको सम्पुर्ण आर्थिक कृयाकलापको सार्वजनिक लेखा परिक्षण आगामी पुस ४ गते गर्ने परियोजना कार्यन्वयन ईकाई सुन्तला जोन प्रमुख टंक रिजालले प्रतिवद्धता जनाएको प्रअ वलीले वताए । प्रअ वलीले दिएको जानकारी अनुसार परियोजना कार्यन्वयन ईकाई सुन्तला जोन प्रमुख टंक रिजालसंग स्थानीयको भएको सहमति अनुसार पुस ४ गतेसम्मको लागि पुनः स्थानीयले लगाएको ताला खोलि दिएका छन् ।

पुस ४ परियोजना कार्यन्वयन ईकाई सुन्तला जोन प्रमुख रिजालले सार्वजनिक लेखा परिक्षण नगरेमा फेरी स्थानीयले सम्पर्क कार्यालयमा तालाबन्दी गर्ने जनाएका छन् । यो समाचार तयार पार्दासम्म परियोजना कार्यन्वयन ईकाई सुन्तला जोन प्रमुख रिजालसंग फोन सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन् ।