फेरि बढ्यो ग्यास, पेट्रोल र डिजेलको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधवार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजल,मट्टितेल र एलपीजी ग्यासको मूल्य क्रमश: एक रुपैयाँ, तीन रुपैयाँ र २५ रुपैयाँ बढाएको हो।

यो मूल्यवृद्धि पछि पेट्रोल १ सय १२ रुपैयाँ, डिजेल/मट्टितेल ९८ रुपैयाँ र ग्यास १४ सय रुपैयाँ कायम भएको छ। यो मूल्य बढाउँदा पनि निगमलार्इ १५ दिनमा ११ करोड १५ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।