भारतबाट एक बर्षमा १८ अर्ब ३७ करोड रुपैयाँको बिजुली आयत

आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको छ । नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा विजुली आयात गर्नु परेको हो आजको गोरखापत्रमा खबर छ । प्रधिकरणले बिहार, उत्तरप्रदेश र थोरै मात्रामा उत्तराखण्डबाट बिजुली आयात गरेको छ ।

भारतबाट द्विदशीय सम्झौतबाट पनि नेपालले निःशुल्क बिजुली पाउने गरेको छ । प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका अनुसार गत असार मसान्तसम्ममा भारतबाट १८ अर्ब ३७ करोड रुपैयाको बिजुली आयत गरेको छ ।

प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका अनुसार गत असार मसान्तसम्ममा भारतबाट १८ अर्ब ३७ करोड रुपैयाको बिजुली आयत गरेको छ । अघिल्ला वर्षको तुलनामा यो परिणाम १७ दशमलव ७ प्रतिशतले बढी हो ।