गायिका सृष्टी थापाको तेस्रो एल्बम तिज गित ..चन्दनै चन्दनै बजारमा

भिडियाे सहित

 नेपाली नारीहरूको महान चाड तिज नजिकिदै गर्दा गायिका सृष्टी थापाको तिज गीत ’चन्दनै चन्दनै सार्वजनिक भएको छ ।
गायिका थापाले हालै सार्वजनिक ’चन्दनै चन्दनै ’ बोलको गीतले युटुुबमा नेपाली तिज गितहरु मध्ये छोटो समयमा (५ दिन) मा ४० हजार हाराहारी दर्शकले हेरीसकेको छ ।

यस गीतको शब्द रचना गणेश अधिकारीको रहेको छ भने स्वार गायिका सृष्टिी थापा र सन्तु थापाले स्वार दिएका छन । निकै मिठो स्वरकी धनी गायिका थापाले यस अघि २ वटा एल्बम निकाली सकेकी छिन । उनले २०७१ सालमा निकालेको पहिलो एल्बम ‘ लोग्ने मान्छे स्वार्थी हुदोरहेछ’ भन्ने आधुनिक गित नेपाली दर्शक,स्रोतमाझ लोकप्रिय छ ।

सानै देखि गायनमा राम्रो प्रतिभा भएकी उनी आफ्ना बाबु आमाको प्रेरणाबाटै गायन क्षेत्रमा लागेको बताउंछिन । उनी भन्छिन भोली नेपालको प्रख्यात गायिका बन्ने उदेश्यका साथ यस क्षेत्रमा मेहनत गरीरहेको छु आशा छ एकदिन सफल हुनेछु ।

केही महिना अघि मात्र गायिका थापाले दोस्रो एल्बम‘‘ मेरो हजुर…’ नेपाली बजारमा ल्याएकी थिइन । दर्शक,स्रोता माझ निकै लोकप्रिय यो गितले सवैको मन जित्न सफल भइसकेको छ ।

यस तिज ‘ चन्दनै चन्दनै…’ गितमा लय संकलन गंगा थापा र ओमकला थापाले गरेका छन । उक्त तिज गितको म्युजिक भिडियोमा रश्मी तामाङ र प्रज्वल गिरीले अभिनय गरेका छन । निर्देशकमा स्मृति तिमिल्सिना (गुरुआमा),छांयाकन सुरेश श्रेष्ठले गरेका छन, भने दृश्य सम्पादन प्रकाश धमलाले गरेका छन् ।

दृश्य निर्माण गुरुआमा फिल्मस प्रा.लि ले गरेको हो । नेपालीहरुको महान चार्ड दशै–तिहार संगै अर्को नयां एल्मबको तयारीमा रहको पनि गायिका थापाले जानकारी दिइन ।

हेर्नुस भिडियाे