यसरी नापिँदैछ सगरमाथाको उचाइ

सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ। शेर्पा आरोहीमार्फत जिपिएस(ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्‍याएर उचाइ मापन गर्ने भएको हो।

मौसमको अनुकूलताका आधारमा २०७६ बैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्‍याउने सरकारी कार्ययोजना रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

नापी विभागको तालुक अड्डा, कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई पेस गरेको कार्ययोजनाअनुसार असोजसम्म सगरमाथा मापन सम्पन्न हुनेछ।