जब म पचाल झरनामा उभिन्छु !

एउटा रित्तो खालि डायरी बोकेर अनेकौं सपनाहरूको पोको बेरिरहेको थिए । लाथ्यो कहिलेकाँही धेरै सपनाहरू देख्नु पनि आफैले पीडा खेप्नु हो । किनकि समय र परिवेशले उहीँ लहटमा जीवन धानिरहेको छैन । कति जीवन रित्तो बनेका छन् । कति सपनाहरू अल्झिएर जीवन बेकामिला जस्तै बनेका छन् । यी यात्रा भित्र का अनेकौ अनुभुतिहरु हुन् ।

स्वभावले म एकान्त प्रेमी हो जहाँ म हुन्छु त्यहा मेरो पचाल झरना वरिपरि सधैं घुमिरहने ती सुन्दर डाँफे ,मुनाल ,कोइली ,ढुकुरहरुको आवाज बाहेक मसँग यो दुनियाँमा कसैको सामिप्यता नजोडियोस् ।  तर जीवन जितेर आफू हारेका कथाले त झनै छुट्दै नछुटिने बनोस् ! लाग्छ म यो स्वार्थमा अल्झेको दुनियाँ भन्दा अलि पर…गएर फरक बनु र दुनियाँले देख्ने गरेका जीवनका रङ्गिन सपना भन्दा मैले देखेका जीवन जिउने कला सँगका सपनाहरू अलि फरक बनुन् । किनकि म अरुको प्रेरणाको श्रोत बन्न सकु ! बस् यति नै ।

मैले बोकिरहेको झोला उही होइन तर यस्तो लाग्छ म उस्तै बन्न खोज्दैछु । अगाडि पछाडी हिडिरहेका मेरा सहयात्री उही होइनन् तर उस्तै मानिरहेको छु । यति फरक छ उहिलेका झोला भित्र भेटिने सातु र पानीका तुम्लेटहरु आज बोकिरहेका झोला भित्र भेटिदैनन् ।

दशक पार भैसकेको थियो । मैले युद्ध मोर्चाबाट पचाल झरनाको नाममा एउटा सानो भाबुक सन्देश चुली र पुग हिमालको सेरोफेरोमा छोडेर गएको थिए । त्यो बेला मसँग बन्दुकसँगै हार्मोनियम गिटार र कलमको साहारा बाहेक अरु आफ्नो भन्नू केही थिएन । एउटा बलिदानी भाबका साथ मैले कसम खाएको थिए । ” प्रिय पचाल झरना म आफू हारेर जीवन जित्ने यात्रामा छु । तर म कसम खाएर भन्छु कुनै बेला म तिमीसँग पुस्तौंदेखि बगेको आँसुको साहारा बन्न सकु अरु त जीवन बाचे अरु अनेकौं जिबित सपनाहरू जोडुला अहिले यति नै ।

आज फेरि उसैगरी उस्तै- उस्तै रुप लिएर मेरो आँखा अगाडि घुमिरहेको देख्छु फेरि उहीँ बिरासतलाई । मैले बोकिरहेको झोला उही होइन तर यस्तो लाग्छ म उस्तै बन्न खोज्दैछु । अगाडि पछाडी हिडिरहेका मेरा सहयात्री उही होइनन् तर उस्तै मानिरहेको छु । यति फरक छ उहिलेका झोला भित्र भेटिने सातु र पानीका तुम्लेटहरु आज बोकिरहेका झोला भित्र भेटिदैनन् । बस् समाचार बदलिएको छन् हालचाल बदलिएका छैनन् । बस्ने चौतारी बदलिएका छन् तर थकाइ मेटाउने बिसौनीहरु बदलिएका छैनन् । फरक त कति हुन् कति अनुभुती पो उस्तै – उस्तै…..।
…..
नामहरु हटेका छैनन् तर कामहरु भने हटेका रहेछन् । सत्ता समितीमा पुग्नुपर्ने उहिलेका सत्ताहरु आज उहीँ पात्र तर जनप्रतिनिधि मार्फत चिनिएका छन् जे होस् यो प्रती म असन्तुष्ट भने पटक्कै छैन जित्नु पर्नेले जितेका छन् हार्नु पर्नेले हारेका छन् खुसी यसैमा छु जुन अनुहारको खाचो थियो त्यो भने भएको रहेछ ।

फेरि सम्झना आउँछ जब माथी पट्टि सार्बजनिक सुनुवाइ हुदै थियो म तल कर्णालीको किनारमा कर्णालीका सुस्केराहरु शीत आफुलार्इ भुलार्इ रहेको थिए । लाथ्यो अब कर्णाली सँगको मेरो आत्मीयता कहिल्यै टुट्ने छैन । सम्झिए प्रभात,बिरवल,भिमसेन,र कसम अनि कुम्म बोगटीहरु नाच्न थाले बेदना सुवास ,र संघर्षहरु म नतमस्तक हुँदै थिए यी ताराहरु शीत किन किन आफू बाचेर सपनाहरू शीत साटिन नपाउदा पछुतो गरिरहेको थिए ।

यी यात्रा भित्रका पूरा हुन नपाएका मेरा काल्पनिक जस्तै मानिने सजिब सपनाहरू हुन् । तर मेटाउन खोजिएका नामहरु र गुमनाम पार्न खोजेका कामहरु बिर्सेका छैनन् ती कोटिला र बिसखेतहरु ले फेरि सम्झिदैछन् उता बाझकोट र राम्नाकोट र खयरकोटहरु यी सबै सबै पचाल झरनाका सुन्दर नगरी हुन् । यिनै आगनमा हो फुल्ने गरेका साम्यवादका आसा लाग्दा फुलहरु । आज सबै नदेखे जस्तै बनेका छन् ।

एउटा सानो निहु पारेर पौष महिनाको चिसो छिचोल्दै कैलालीदेखि कालिकोट पचालझरनासम्मको यात्रा तय गरेको हुँ । जब जब पहाडका थुम्काहरु कट्दै जान्छन् तब – तब म झनै पचालझरनाको सामिप्यतासँग जोडिन आतुर थिए । मेरो लागि दशक पछिको भेटघाट थियो । पचालझरना र त्यो आगनमा रमाउनु  । लाथ्यो अझै पनि उहिलेका उहीँ सुस्केराहरु गाउन छोडेका छैनन् ती चुली र पुगका आसपासका हिमालहरुले म आफै खुला आकाशमा दौडिरहेको अनुभुति हुँदै थियो । यस्तै यात्रा को निरन्तरतामा छु र रहिरहने छु ।

मलाई मेरो सहयात्रीको बारे धेरै भन्नु छैन तारा न्यौपाने जो सँग म कहिल्यै नजिकिएको थिएन एउटा सानो काम को थालनी थाल्दै थिए । प्रभात पचालझरना साँस्कृतिक मंञ्च गठन गरेर जनयुद्ध र बलिदानको नामबाट त्यो आधार क्षेत्र चिनाउने रहर मेरो थियो । तारा न्यौपाने उर्फ पालिका उपाध्यक्ष जसले साघुरो घेराबाट मलाई हराउने योजना बनाउनु भो म खुसी नै भए किन कि मैले त्यो सुरुवात गर्नु थियो र सहयात्रीको बदलिएको भाब बुझ्नु थियो । यति नै भो अगाडि पनि अनेकौ सम्झिन लायक क्षेणहरु छन् त्यो कुनै बेला लेखुला ।

बिश्वप्रकाश जो वास्तविक जीवन जितेका एक असली युद्ध यात्री हो जसको म प्रतीको प्रेरणादायी भुमिका र अभिभावकत्व थोरै फेरिएको मानेको छु । उ जितेर आउनु मा खुसी हुनुपर्ने अनेकौं कारणहरु छन् । जो लेखेर सक्ने अबस्थामा म छैन । बिश्वप्रकाशको बिरासत पिडै पीडाले भरिएको छ । आँसु को सागरमा डुबुल्की खेलेको यात्री मध्यको एक खड्गराज उर्फ ( बिश्प्रकाश ) हो भावनामा हामी जहिले एक थियौ र छौ । र पुग – अपुग भएको प्रेरणादायी भुमिकाको अलि युद्ध यात्रा देखि असन्तुष्ट छु र पनि भुमिका सकारात्मक हुन्छ । हुदैन नभन्ने आशा लाग्दो नेताको रूपमा म चिन्न रुचाउछु । यी तीन बर्ष पछि भेटघाटका अनुभुती हुन् ।

अनरुप रोकाया ( उर्फ अरुण ) अनेकौ सम्झौता को खानी हुन् मैले पचाल झरना को यात्रा तय गर्दै गर्दा केही महिनाको लागि मलाई होलटायम्बर भएर काम गर्ने जन प्रतिनिधि मध्य का पहिलो उर्फ अरुण उनै हुन् । म आफुलाइ कहिल्यै फाइदा मा हेर्दैन किन कि एक युद्ध यात्री हु । र म आफू नाफाको जीवन बाचेर समाज कै निम्ति केही गर्नु पर्छ भन्ने म एक युद्ध यात्री हुनु ले म सहजै मेरो गाउँ र मेरो त्यो आधार क्षेत्र मा खटिएर पचाल झरना सँग जोडिने मैले निधो गरिसकेको थिए । उहाहरु सँग को सम्झौता ले फेरि एक पटक हिड्ने आधार तय गरेको थियो यस्तै – यस्तै….।

जहिले युद्धताको बेला मर्ने मानिस थिए । घाइतेहरु आफ्नो आधा जीवन युद्धको नाममा उपहार सम्झेर खुसी नै देखिन्थे । जेल जीवनमा सतिसाल बनेर जीवन जितेका प्रिय मित्र प्रमोद कसैको भनसुनमा म देखि टाढिदै छन् । यसमा दुखी छु । यात्रा कै बिचमा छौ । खार्दु जब हाम्रो पाइला टेक्छौ ! अनि त्यहा राजनैतिक बिचार भन्दा अलि पर…गएर प्रिय मित्र महाजित ऐडि र तुलाराज कठायतले अनि लोकजन कठायतले सामिप्यता पनि बिर्सिन लायक छैनन् । तुलाराज एक अनुसन्धान कर्ता बन्न खोज्दै छन् । यात्रा त्यही गाउँ सम्म को ।

यात्रा निरन्तर जारी छ । पुग , पचालझरनाको सैन्दर्यालाई उता प्रिय मित्र भौतिक मल्ल लाई म फोन मार्फत भनिरहेको थिए । किन कि यो पटक भौतिक जिले नेपालको सबै भन्दा अग्लो झरना जो ३८१ मिटर लामो छ त्यो पचाल झरना लाई नजिकबाट निहाल्ने भनिरहदा मलाई चुनौती थपिदै थियो । भौतिक जि र उहाँको टिमलाइ म त्यो ठाउँ पुर्‍याउन सक्छु सक्दैन म सोचिरहेको छु यो चुनौतीपूर्ण छ ।

मेरा अनुरोधहरु पनि यो पटक सहजै स्वीकृत हुँदै छन् । मलाई थाहा छैन किन यी अनुरोधहरु सहज फापिरहेका छन् । बाझकोटका खिम ब. बम हुन् या सुमित्रा बम खर्दुका तुलाराज कठायत हुन् या महाजित ऐडि , राम्नाकोटका होइजाली सेजुवाल हुन् या बबिता बम सबै – सबै सम्म जीवनका पहिला अनुरोध हरु साहित्यकार को हैसियतमा सहज बनिरहेका छन् । खुसी को सिमा नै रहेन यो सुन्दर नगरी पचाल झरनामा मन आनन्दित हुँदै छ ।

म सोचिरहेको छु ।

आज यहि सुन्दर भुमिले जन्माएका हुन् कलेन्द्र सेजुवाल देखि महेन्द्र ब. शाहीहरु म खुसी हुँदै अनेक कल्पना गर्दै छु । मैले पाउने साहित्यकारको सम्मान पत्रमा अनेकौं राजनीति भयो रे म आफुलाइ अहिलेसम्म सम्मान पाउन लायक ठानिरहेको छैन र त्यो कल्पना सम्म गरिरहेको छैन ।

बरु पाउनु पर्ने जेल जीवन मा कष्टकर दिन बिताएका र गणतन्त्र को निम्ति योगदान पुर्‍याउने मेरा प्रिय मित्रहरू पौरख बिक बबिता बम र उता पट्टी पत्रकारितामा मेरो लेखन क्षेत्रको वा पारिवारिक भूमिकाको पनि अभिभावक आदरणीय दाजु कलेन्द्र सेजुवाललाई मलाई सम्मान दिने ठाउँमा उहाँहरुलाई सम्मान गरेको भए कति आनन्दित हुन्थे होला म त नपत्याए नेत्रराज शाही देउडा सम्राट र कृष्णराज धमला कर्णालीको पहिलो गजलकारको उपमा दिनु मा म आफै लागि परेको हु म मेरा लागि भन्दा मेराहरुका लागि समय खर्चिने मान्छे हु मेरो सम्मान पत्रमा राजनिती गर्नु नै मेरो लागि ठूलो सम्मान हो यहाँ यति भए पुग्छ ।

अलि उता पट्टी मात्रै झरना झरिरहेको छ । मनमा अनगिन्ती अनुभुतीहरु झरना जस्तै सुन्दर हिमाल को काखमुनीबाट झरिरहेका छन् जस्तो अनुभुती हुदैछ । लाग्छ पचाल झरनाका सिराहरुमा अनेक धुनहरु गुन्जिरहेको अनुभुती हुदैछ । म सोचिरहेको छु । मेरो जीवन संघर्षका अनेकौ यादगर अनुभुतीहरु यहि झरनाको फेदि बाट बिजयमा पर्णिनत गर्न सकु ! मेरा अनुभुती भित्र का कल्पना का सागरहरु जस्तैः मानौ कि ! यहि पचाल झरनाबाट झरेर बिजयी बन्न हिन्द महासागरमा मिसिदै छन् ।

मकैको रोटि माथी खाली सेतो नुन र काचो खुर्सानी महाजित र लोकजन जिले दिदै गर्दा बालापन झल्काउने अबिस्मरणिनिय क्षेण को छ । त्यो दिन ! खार्दु त्यो बेला पाइने फापरका रोटि अर्थात् ढ्यासु अब त सम्झिन लायक मात्रै छन् खोजे भेटिदैनन् अनुभुती ताजा हुदाहुदै मन शान्त पारेर म त्यो ठाउँबाट फेरि कर्म थलो कैलाली फर्किनु पर्ने भयो धन्यवाद दिए साहित्यकार को भुमिकामा सम्मान गरेकोमा सुमित्रा बम र खेम ब. बमलाई अन्तिममा जारकोटबाट बिश्वप्रकाश गाउँपालिकालाई सेवा गरेको निस्कर्स सहित कैलाली फर्किए….।
अस्तु