एसइईको परीक्षाफल सार्वजनिक

१४ हजारले ‘ए प्लस’,४६ हजारले ल्याए ‘ए ग्रेड’

गत चैत पहिलो साता भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको हो।

परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २ सय ३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १ सय ३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५ सय १२ जना रहेका छन् ।

यस्तै, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८ सय ७०, ‘सी’ ल्याउने एक लाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।

परीक्षाको नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results तथा नेपाल टेलिकमको http://see.ntc.net.np/ हेर्दै गर्नुहोला