‘बाटुली’संगै बजारमा अाउदै सामाना

पछिल्लाे समय चर्चामा रहेकीजाजरकोटकी नव गायीका सामाना शाहको नयाँ गीत ‘बाटुली’ बजारमा आएको छ । चुरोट सल्काउनेको अपार सफलता पछि सामाना शाहको शब्द सृजनामा रहेको ‘बाटुली’ बोलको गीत बजारमा आएको हो ।

‘बाटुली’ गीत गायक सज्जन धामीको आवाजमा रहेको छ भने, संगितकार लोकेन्द्र शाहीले म्युजिक भरेका छन् । ‘बाटुली’ गीतको म्युजिक भिडियोमा सज्जन धामी र रिचा थापा, खेमराज सञ्ज्यालको नृत्य रहेको छ ।

राजेश कुमारको सम्पादनमा प्रकाश खड्काको छाँयाङ्कणमा भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन । गीतलाई वाउ नेपालको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ ।