पर्यटन प्रबद्र्धनका लागि हुन लागेको पचालझरणा बृहत साँस्कृतिक महत्सवको तयारी पुरा

हजाराैँले महत्सव अवलाेकन गर्ने

कालिकोट, पचाल झरणा गाँउपालिकाले पर्यटन पर्बद्भन तथा बिकासका लागि पहिलाेपटक हुन लागेकाे  बृहत साँस्कृतिक महत्सवकाे अन्तिम तयारी भएकाे बताइएकाे छ ।  नेपालकै अग्लो झरना पचाल झरनाकाे नामबाट बनेकाे गाँउपालिकाले उक्त झरनाकाे प्रचारप्रसारकाे लागि इतिहासमा पहिलोपटक २०७५ बैशाख १ गते देखि५ गते सम्म हुन लागेकाे बृहत साँस्कृतिक महोत्सवको तयारी अन्तिम अबस्थामा पुगेकाे गाँउपालिकाका अध्यक्ष खड्गराज सेजुवाल ( बिश्वप्रकाश )ले बताए । महत्सवकाे उदघाटन प्रधानमन्त्री केपी शर्मा अाेलीले गर्ने बताइएकाे छ । त्यसकाे लागि सम्पुर्ण तयारी भैसेकाे समेत बताइएकाे छ । 

पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको उक्त क्षेत्रको प्रबद्र्धनका लागि सरोकारवालासँग सहकार्य गरेर महोत्सव गर्न लागेको पचालझरण गाँउपालिकाका अध्यक्ष  सेजुवाल ( बिश्वप्रकाश )ले जानकारी दिए । सेजुवालले कर्णाली आफैंमा धार्मिक तथा प्राकृतिक हिसाबले संसारकै पर्यटकीय गन्तव्य रहेको भएपनि प्रचारप्रसारकाे दृष्टिले निक्कै पछाडि रहेकेा बताए ।

सेजुवालले उक्त क्षेत्रको प्रचार–प्रसारका लागि पर्यटन महोत्सवले प्रभावकारी भूमिका खेल्ने भन्दै पचालझरनाकाे चौतर्फी विकासका लागि याे महत्सवले उलेख्खय भुमिकाखेल्ने समेत दावी गरे  । ‘कर्णाली आफैमा साँस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । यहाँ आर्थिक स्रोतका लागि पर्यटनसँगै जलविद्युत, कृषि अर्गानिक र बहुमूल्य जडिबुटीको पकेट क्षेत्र हो,’ उनले भने, ‘यस क्षेत्रको समृद्धिका लागि यस महोत्सवले सौन्दर्य र पर्यटनमा नयाँ आयम थप्नेछ ।’

सह आयोजकको रूपमा (प्रभात पचाल झरना साँस्कृतिक मंच )ले भुमिका निर्बाहा गर्ने सोही गाउँमा जन्मेका युवा साहित्यकार तथा मंचका प्रस्तावित संस्थापक अध्यक्ष बिबश कुमार सेजुवालले उक्त झरनाको नामबाट नामाकरण गरिएको पचाल झरना गाउँपालिकाले आयोजना गर्न लागेको साँस्कृतिक महोत्सवलाई पर्यटकीय हिसावले अन्तराष्ट्रिय स्तरमा महत्वपुर्ण अायम हुने कुरामा ढुक्क रहेकाे बताए । महत्सवका लागि कलाकार पत्रकार तथा अतिथिहरूकाे अागमण सुरू भैसेकाेे समेत जानकारी दिए । पचाल झरना नेपालकै अग्लो झरनाको रूपमा स्थापित झरना हाे ।