नागार्जुनको जामाचोमा संचारकर्मीको सहभागितामा बृहत सञ्चार उत्सव

काठमाडाैँ,उपत्यकाको उत्तर पश्चिमी क्षेत्र नागार्जुनको जामाचोमा संचारकर्मीको सहभागितामा सञ्चार उत्सव मनाइएकाे छ । नेपाल मण्डल पर्यटन नगरी, विश्व साइकल यात्री प्रतिष्ठानले पर्यटन प्रबद्भनका लागि पर्यटन महत्सव अभियानकाे थालनी स्वरूप संचार महत्सव मनाएकाे हाे  ।

 जामाचो सञ्चार उत्सव तथा नेपाल मण्डल पर्वतमाला साइकल उत्सव नाराका साथ आयोजना हुने सो महोत्सव नेपाल पर्यटन बोर्डमा शुरु भएर नागार्जुनमा गएर बृहत कार्यक्रम गरिएकाे थियाे  । कार्यक्रममा बिभिन्न संचारसंस्थाबाट संचारकर्मीहरू र बिश्व साइकल यात्री पुस्कर शाह सहितकाे साइकल यात्रीहरूकाे सहभागीता रहेकाे थियाे । 

समृद्ध इतिहास बोकेको नेपाल मण्डलको परम्परा तथा संस्कृतिको रक्षा तथा प्रवद्र्धन गर्न उक्त महोत्सव गर्न लागिएको मण्डलका सचिव पद्म श्रेष्ठले बताए । श्रेष्ठले त्यस्तै सात दिवसीय नेपाल मण्डल साइकल यार्ली लगायत काठमाडाैका बिभिन्न ५ नगरीमा गएर पर्यटन महत्सव मनाउने बताए ।