प्रवासी रोल्पालीहरु संगठित हुँदै साझा संस्था ‘अन्तर्रा्ष्ट्रिय रोल्पाली एकता मञ्च’ गठन

रोजगारीका लागी विभिन्न देशहरुमा पुगेका रोल्पाली युवाहरु अव गालबन्द भएर अघि बढ्ने तयारी गरेका छन । पहिलो पटक बिश्वभर छरिएर रहेका रोल्पालीहरु संगठित हुँदै साझा संस्था ‘अन्तर्रा्ष्ट्रिय रोल्पाली एकता मञ्च’ गठन गरि एकताको आह्वान समेत गरिरहेका छन ।

छिमेकी देश भारत लगाएत विश्वका जुनसुकै देशमा रहेका रोल्पालीहरु ‘मातृ भूमिका लागि अब केहि गरौ’ भन्ने भावका साथ् गोलबन्द भएको बताएका छन । यहि फाल्गुन ३ गतेको बसेको अनलाइन बैठक द्वारा अन्तर्रा्ष्ट्रिय रोल्पाली एकता मञ्च गठन गरि हाल ३३ सदस्य रहेको अन्तर्रा्ष्ट्रिय संयोजक समिति गठन गरिएको छ ।

अन्तर्रा्ष्ट्रिय रोल्पाली एकता मञ्चको सयोजकमा जापानमा रहेका युवा सन्दिप थापा मनोनित हुनुभएको छ । त्यसैगरि समितिको उप संयोजकमा मलेसियाबाट दिपक बि.क र जापानबाट बसन्ती घर्ति मगर मनोनित हुनुभएको बताईएको छ ।

अन्तर्रा्ष्ट्रिय रोल्पाली एकता मञ्चको महासचिवमा लेख प्रसाद रोका (काठमाडौं), सचिवमा मान बहादुर रानामगर (बहराइन), सह(सचिवमा रामकृष्ण छेत्री (चन्दिगढ भारत), सह(सचिवमा बिकल्प (कुबेत), कोषाध्यक्ष टोपबहादुर पुनमगर (मलेसिया), सह(कोषाध्यक्षमा भिम बुढामगर (साउदी) रहनुभएको छ ।

यसैगरी अन्तर्रा्ष्ट्रिय रोल्पाली एकता मञ्चको प्रमुख सल्लाहकार काशिराम डागी (रोल्पा), कानुनी सल्लाहकार खेम बुढामगर (रोल्पा), आर्थिक सल्लाहकार हिकमत सिङ रोका (युके), सूचना सल्लाहकार केबि गुरुङ (युएई), सल्लाहकार प्रेम बहादुर वलि (रोल्पा), अमर सिङ वलि (काठमाडौ), मौसम रोका (रोल्पा), के बि डागी (रोल्पा), दिप दर्पन (रोल्पा), नन्द बहादुर घर्ती (रोल्पा) रहेका छन् ।

सयोजक सन्दिप थापाले अन्तर्रा्ष्ट्रिय रोल्पाली एकता मञ्च कुनै राजनीतिक सगठन नभएर बिसुद्द सामाजिक सेवा मुलक साझा संगठन भएको जानकारी दिनुभो । अब बिश्वभर रहेका रोल्पालीहरु एकताबद्ध भएर आफ्नो मातृभूमिका लागि सेवामा अग्रसर रहन तथा सबै ठाउँका रोल्पालीहरु यस साझा संस्थामा गोलबन्द हुन थापाले आह्वान समेत गर्नुभयो ।

यसैविच, मलेसियाबाट टोप बहादुर पुन मगरले आफु कोषाध्यक्षको जिम्मेवारीको नाताले कोषमा १० हजार रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सहिद मार्गको स्तरउन्नती तथा कालोपत्रेको काम अन्तर्गत विभिन्न काम भईरहेका छन । सडक स्तरउन्नती तथा कालोपत्रेको जिम्मा लिएको कम्पनीले विभिन्न स्थानमा बाटो चौडा पार्ने, सडक सफा पार्ने, नाला निर्माण गर्ने तथा पर्खाल लगाउने काम गरिरेहेको छ ।

सहिद मार्ग अन्तर्गत घोराही होलेरी सडक खण्डका धेरै जसो स्थानमा सडक चौडा पारिएको छ भने नाला निर्माण भएका छन । उक्त सडक खण्डका खुम्बास, च्यानगैरा, कोईलाखानी तथा पेदी लगाएत स्थानमा सडक स्तरउन्नतीको काम भईरहेको हो । त्यसका लागी डोजर, स्काभेटरको प्रयोग गरिएका छन भने दर्जनौ मजदुर उक्त काममा खटिएका छन ।
यसैविच, सहिद मार्गको साँधुरो र जोखिमपुर्ण सडकको केही हदसम्म स्तरउन्नती भएपछि यात्रामा केही सहजता आएको यात्रुहरुले बताएका छन ।

यसअघि धुलाम्य हुने उक्त सडक खण्डमा अहिले केही हदसम्म भएपनि धुलो कम भएको गाडी चालकहरुको भनाई छ ।  सवारी साधनका लागी घोराही बाट होेलरी आई पुग्न ३ घण्टा समय लाग्ने गरेकोमा अहिले सडक फराकिलो पारिएपछि २ घण्टाको मात्र समय लाग्ने उनीहरु बताउँछन ।।