राँगोको बार्षिक आम्दानी १ करोड २८ लाख

एजेन्सी ,तपाइँ पत्याउनु हुन्छ १ रागोले वर्ष दिन मा कति कमाउला भारतको रायपुरमा आयोजित ५ दिने पशु मेलामा एउटा राँगो सबैको आकर्षणको केन्द्र बन्न पुग्यो । भीमकाय यो राँगोको मुल्य साढे १४ करोड तोकिएको छ ।

राँगो मालिक कर्मवीरका अनुसार यो राँगो भारतमा आयोजना भएका पशु मेलाहरुमा थुप्रै पटक प्रथम भइसकेको छ।
राँगोको उचाइ ५ फुट ९ इन्च छ भने यसको तौल १४ क्विन्टल रहेको छ । राँगोका मालिक कर्मवीरले राँगोलाई दिनहुँ २० लिटर दुध तथा १९ किलो अन्न तथा घासपात खुवाउँछन् ।

साथै यो राँगोलाई उनले दिनहुँ ४ किलोमिटर हिँडाउँछन् । यो राँगोलाई पाल्नका लागि दिनमा ३ हजार भारु खर्च हुने गरेको उनी बताउँछन् । यस राँगोको ‘विर्य’ बिक्रिबाट मात्रै प्रत्येक बर्ष ८० लाख भारु कमाई हुने राँगो मालिक कर्मवीर बताउँछन् ।