चर्चित गायिका भुमिका शाहले यसरी मनाइन आफ्नो जन्मदिन

काठमाडाैँ, चर्चित गायिक भुमिका शाहले आफ्नो जन्म दिन काठमाडाैँकाे गुहेश्वरीस्थित उज्यालो नेपाल बाल गृहका बालबालीकासंग मनाएकी छन । गायिका शाहले बालगृहका बालबालीकासित खुशीसाटदै अाफ्नाे जन्मदिन मनाएकी हुन ।

पछिल्लो समय ठुला ठुला रेष्टुरेण्टहरुमा गएर तडकभडकका रुपमा मनाउनेहरुका बिचमा उनले आफनो जन्म दिन फरक ढंगले मनाएकी हुन । शाहले जन्म दिनको अबसरमा उज्यालो नेपाल बाल गृहका ३५ जना बालबालीकाहरु सित खुशी साटासाट गरी जन्मदिन मनाइन । उनले बालबालीकाहरूसित अात्मियता साटदै सामुहिक भाेजनकाे अायाेजना गरि जन्मदिन मनाइन । 

करिब पाँच दर्जन भन्दा बढी गीत गाईसकेकी उनले आफ्नो एल्बम मात्रै ९ वटा निकाली सकेकी छन । लोक दोहोरी देखि, आधुनिक, पप लगायत हरेक किसिमका गीत गाउन सक्ने खुबी भएकी उनी अचेल समाज सेवामा समेत तल्लिन छिन । यसको अलावा उनी मीठो शब्द लेख्न, भाका बनाउन, अभिनय गर्न र निर्देशन गर्न समेत पोख्त छिन ।

पछिल्लो समय बजारमा आएर निकै चर्चा पाएका उनका गितहरू ‘भाईबर ईमो ह्वाट्सएप’ ‘साउने झरी’ । ‘जवानिको जोश’ लगायतका गितहरू बजारमा अाएका छन ।