रोल्पा रुन्टीगढी क्षेत्रका पर्यटकीय क्षेत्रहरुको संरक्षण गरिने

रोल्पा रुन्टीगढी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको संरक्षण गर्नुका साथै विकास गरिने भएको छ । यहास्थित राजनैतिक दल तथा स्थानीय सरकारका प्रतिनिधिहरुले रुन्टीगढीका रुन्टी, गढीलेक र शिव पार्वती गुफा लगाएत पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको विकासका लागी पहल गर्ने बताएका हुन ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले यस क्षेत्रका प्रर्यटकीय संभावना बोकेका धार्मिक, प्राकृितक तथा राजनैतिक क्षेत्रको पहिचान गरेर प्रचारप्रसार गर्नुका साथै विकासमा समेत टेवा पुर्याउने बताए । त्यसका लागी अध्यक्ष बुढाले शिव पार्वती गुफाका लागी भनेर गाउँपालिकाले १० लाख रुपैया बजेट विनियोजन समेत गरिसकेको जानकारी दिए ।

रुन्टी, गढी र शिवपार्वती गुफाका कारण होेलरी क्षेत्रको थप पहिचान मिलेको भन्दै उहाँले पर्यटनका हिसाबले विकास गर्ने सवालमा गाउँपालिका सधैं तत्पर रहेको समेत उल्लेख गरे । यस्तै नेकपा माओवादी केन्द्र रुन्टीगढी गाउँपालिका कमिटीका अध्यक्ष गोविन्द पुन (नजर) ले रोल्पालाई युद्ध पर्यटनका हिसाबले जोडिएकाले त्यसको विकासका लागी पनि यस क्षेत्रका पर्यकटीय सम्भावनाको खोजी गर्न आवश्यक रहेको बताए ।

होेलरी १० बर्षे शसस्त्र द्धन्द्धका हिसावले पनि परिचीत रहेकाले त्यस्ता सम्भावनाहरुको खोजी गरी समग्र जिल्लाको आर्थिक तथा व्यापारीक विकासका लागी पर्यटकीय क्षेत्रका विकास नै प्रमुख आवश्यक रहेको बताए । कुनै पनि गाउँठाउँको विकासमा धार्मिक, प्राकृतिक पहिचानको महत्वपुर्ण भुमिका हुने भन्दै नेता नजरले यहाँका सरोकारवाला निकायवीच सहकार्य आवश्यक रहेको वताउनुभयो । यस्तै शिव पार्वती गुफा संरक्षण समितिका अध्यक्ष टेकलाल पुनले अव समयानुसार गुफाको विकास गरिने जानकारी दिए ।

आन्तरीक तथा वाह्य पर्यटकहरुको अपेक्षाकृत रुपमा आगमन हुन नसकेको भन्दै अध्यक्ष पुनले अव व्यवस्थित गाडी पार्किङ, फराकिलो पिक्निक स्पोर्ट निर्माणमा ध्यान दिने बताए ।  होेलरी आफैमा पनि सुन्दरताका हिसाबले अगाडी रहेको छ भने फरक खालको हावापानीले मानिसहरुलाई छुट्टै आनन्द प्रदान गरिरहेको छ । रुन्टी, गढी र शिव पार्वती गुफाको कारण पनि बजारको विकासमा थप सहयोग पुगेको समेत बताईन्छ ।।