यसरी अायाे बजारमा साहस र सन्तोषको सहकार्यमा“चोट”

काठमाडाैँ,नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा एकपछि अर्काे निरन्तरता दिंदै अाएका युवा संचारकर्मी साहास भटले फेरि नयाँ गिति एल्बम बजारमा ल्याएका छन । एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली’ माया प्रेमका भाब समेटिएको कारुणिक गीत “चोट” लाई भर्खरै एस एन बि म्युजिक प्राली मार्फत बजारमा उपलब्ध गराएका हुन ।

उक्त गीतमा बिगत निकै लामो समय यता संचार क्षेत्रमा क्रियासिल एवं लोकप्रिय सर्जक साहस भट्टको लय रहेको छ । उनले यस अगी पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ , मुटुको घाउ , जामाना नि के आयो लगाएतका थुप्रै गीतहरुमा आफ्नो सिर्जना सजाएर बजारमा पठाइसकेका छन् ।

त्यसै गरी “चोट” बोलको गीतमा नेपाली लोक तथा दोहोरी गीत संगीतमा नै आफ्नो जिबन समर्पण गरेका सर्जन सन्तोष बानियाँले यस गीतमा शब्द भरेका छन् । सन्तोषले बिभिन्न गीत संगीतमा आफ्नो सिर्जना सजाउनु मात्र होइन केहि गीतमा स्वर पनि भरिसकेका छन् ।साथमा भुल्नेलाई भुल्न सक्ने, अन्तिम संदेश, रुन्छु धर्केर लगाएतका गीतहरु बाट आफ्नो नाम स्थापित गरेका राजु बर्देवाले यस गीतको थेगो तयार पारेका छन् ।

कुलेंद्र बिस्वकर्मा र सिमा चन्द द्वारा स्वर बद्ध यस गीतको म्युजिक भिडियोमा आश लाग्दा नव मोडल बिस्व राईले अत्यन्त लोभ लाग्दो अभिनय गरेका छन् । साथमा सारिका के.सी को पनि निकै मन छुने अभिनय यस गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ । बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । 

भिडियाे हेर्नुस