नवयुवा गायक मनोज घर्ति बिटालुले लेखे मुटुमै नाम……

काठमाडाैँ, लाेक तथा दाेहरी क्षेत्रमा अर्काे नयाँ प्रस्तुती सहित नवयुवा गायक मनाेज घर्ति बिटालु बजारमा अाएका छन । मुटुमै नाम लेखिसके मेटन सक्दिन म  गित मार्फत मनाेज घर्ति मगर र धिरेन्द्र नेपाली एकसाथ बजारमा अाएका हुन ।  युवा गायक मनाेज घर्ति  बिटालु र चर्चित गायीका शान्तिश्री परियारकाे स्वर रहेकेा उक्त गितकाे शब्द प्रेम रावत र धिरेन्द्र नेपालीकाे रहेकाे छ भने लय भिम रानाले भरेका छन । 

जाजरकाेट ढिमे २ मा जन्मिएका गायक मनाेजकाे याे लाेक तथा दाेहरी क्षेत्रमा नयाँ प्रस्तुती हाे ।   मुनामदन म्युजीक प्रालीकाे प्रस्तुती रहेकेा  उक्त प्रस्तुतीकाे निर्देशन बविता श्रेष्ठले गरेकि छन । त्यस्तै सुरेश श्रेष्ठको छायाँकन , अविनास डिसीको सम्पादन रहेको भिडियोमा बुद्धविर थापा र सारिका केसीको अभिनय रहेको छ ।

कसैको माया प्रति आफनो जिवन समपर्ण गर्नुपर्दाकाे अवस्था र आफनी प्रेमीले आफुलाई छोडदाको पिडालार्इ गित मार्फत ब्यक्त गर्न खाेजिएकाे छ  ।

हेर्नुहाेस भिडियाे सहित