यसरी गुन्जिए गायक देवि घर्ति र दिपक नेपाली स्वर्गै सरी सुदुरपश्चिमसंगै…

काठमाडाैँ, लाेक तथा देउडा गायक दिपक नेपाली फेरि नयाँ गित “स्वर्गै सरी सुदुरपश्चिम” सहित बजारमा अाएका छन । दिपक नेपाली र चर्चित लाेक दाेहरी गायिका देवि घर्तिकाे स्वरमा सजिएको “स्वर्गै सरी सुदुरपश्चिम”बोलको लोक तथा दोहोरी गितको भिडियो युटुव मार्फत बजारमा सार्वजनिक भएका हुन । टि टाईम म्युजिक प्रा लि मार्फत गितको भिडियो सार्वजनिक भएको छ ।

“स्वर्गै सरी सुदुरपश्चिम”को भिडियोमा मोडल लोकेन्द्र जि सि कुमार र आशा खड्काले अभिनय गरेका छन ।  रोहित चन्दकाे शब्द रहेको गितमा लय दिपक नेपालीकाे रहेको छ भने एरेन्जर इन्द्र जि सि  रहेको छ । लोकेन्द्र जि सि कुमारकाे निर्देशनमा बनेकाे गितकाे छायाँकन टंक केसीले गरेका छन ।

 गीतमा गायक दिपक नेपालीले आफूलाई अाफनाे परम्परागत साँस्कृतीकाे बचावटमा लागेकाे सन्देश दिन खाेजेका छन । आफ्नै रिति रिवाजको खानी,संस्कृतिको धरोहर मानिनी जस्ता   सुन्दर बिम्वहरूकाे प्रयाेग गरेका छन। 

(भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।)