डेउ नेपाली एकता समाज दक्षिण कोरियाद्वारा सप्तरीका बाढीपीडितलाई जस्तापाता बितरण

डेउ नेपाली एकता समाज दक्षिण कोरियाले सप्तरीका बाढी पीडितलाई राहत स्वरूप जस्तापाता बितरण गरेकाे छ । सप्तरी तिरुहत गाउपालिका -२ सप्तरी का ४३ घरपरिवारलाई करिब २० लाख बराबरकाे जस्तापाता बितरण गरेकेा हाे ।  

गत बर्ष गएको विनाशकारी बाढिपहिरोका कारण प्रभावित तराईका करिब १६ जिल्ला मध्यकाे अति प्रभावित जिल्ला सप्तरीमा एकता सामाज काेरियाले राहत स्वरूप जस्तापाता बिरतरण गरेकाे बताइएकाे छ । सप्तरीमा करोडौं धनजनको क्षति हुनुका साथै हजारौं घरबार बिहिन बनेका थिए  ।बिभिन्न सन्दर्भहरूमा विगत देखि नै सामाजिक कार्यहरु गर्दै आइरहेको डेउ नेपाली एकता समाज गजेदो दक्षिण कोरियाले केहिसमयदेखि बाडी पीडितहरुलाई लक्षीत गरि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियोे । उक्त अभियानबाट उठेकाे करिब २० लाख बराबरकाे जस्तापाता बितरण गरेकाे बताइएकाे छ ।

एकता समाज काेरियाका उपाध्यक्ष रबि लामाले स्थानीय जनप्रतिनिधिसंगको समन्वयमा संस्थाले लक्षीत गरेको तिरुहत गाउपालिका -२ सप्तरी का ४३ घरपरिवार पीडितहरुलाई बितरण गरेकेा बताए । लामाले  डेउ नेपाली एकता समाज र कोरिया नेपालीहरूकाे हरेक दुखसुखकाे सहयात्री रहेकेा समेत बताए ।