पत्रकार पाण्डेयको बिजय निश्चित, विपक्षमा ७ दल र सामाजिक संस्थाको अलायन्स

नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यकारी सदस्य पत्रकार गणेश पाण्डेय गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको १० सेप्टेम्वर २०१७ मा हुने छैठौं राष्ट्रिय अधिवेशनको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनको विपक्षमा राजनितीक ध्रुविकरण सुरु भएको छ ।

जसमा तिन जनाको उपाध्यक्ष पदका लागि ४ जना गणेश पाण्डे, कमल गुरुङ , कान्छाराम बुढाथोकी र गोबिन्द प्रसाद सापकोटा प्रतिस्पर्धा गर्दैछन। चार जना प्रतिस्पर्धीहरुमा गणेश पाण्डेय स्वतन्त्र पत्रकार हुन् भने गोबिन्द प्रसाद सापकोटा (एमाले), कमल गुरुङ (नेपाली कांग्रेस) र कान्छाराम बुढाथोकी (माओबादी केन्द्र) निकट हुन्। पछिल्लो समयमा पोर्चुगलमा भएगरेका बिकृति तथा विसंगती हरुलाई चिरफार गर्ने क्रममा अत्यन्तै खरो उत्रिएका पत्रकार पाण्डेको पक्षमा लहर बढ्न थालेपछी उनको विपक्षमा तिन दलिय ध्रुविकरण शुरु भएको हो ।

खोज पत्रकारीतामा परिचित पाण्डेले पछिल्लो समयमा युरोपमा भएका मानव तस्करी,सोसियल काण्ड, ठगी काण्ड,संस्थागत भ्रष्टाचार, जालसाजी साथै एनआरएनए भित्रका विकृति विसंगतिहरुलाई समेत सतहमा ल्याउने काम गरेका छन् । फलस्वरुप केही समय अगाडी एनआरएन पोर्चुगलका प्रवक्ता नै उनिसँग हातपातमा उत्रिएको खबर सार्वजनिक भएको थियो । यति मात्र होइन समाचार लेखेकै कारण उनलाई बेलाबेलामा ज्यान मार्ने धम्की समेत आउने गरेको विषयमा पत्रकार महासंघ युरोप शाखाले विज्ञप्तीनै निकालेको थियो ।

सामाजिक विसंगति र समाज सुधारको लागि सधै लागिपर्ने पाण्डेयले ” संकटकालमा एक फन्को “अभियानमा सन् २००१ मा लागु औसध दुर्व्यसन बिरुद्ध सचेतना फैलाउन नेपालको ५४ जिल्ला साइकलमा भ्रमण गरेका थिए। भारत र बंगलादेशमा पनि सोही संदेश लिएर साइकल भ्रमण गरेको पाण्डेय बताउछन्। पाण्डेय सन् १९९८ देखि हालसम्म मनाबधिकारबादी संस्था एम्नेस्टी इन्टरनेसनलसंग आबद्ध छन्। लियो क्लब पश्चिम नेपालका संस्थापक अध्यक्ष हुदै जेसीज इन्टरनेसनल र लायन्स क्लब जस्ता बिशुद्द सामाजिक संस्थामा काम गरेको अनुभव छ पाण्डेयसंग।

करिब डेढ दशक पत्रकारिता गरेका पाण्डेयसंग रेडियो, छापा र टेलिभिजन पत्रकारिताको अनुभव छ। नौ बर्ष शिक्षण पेशामा बितायेका पाण्डेय सन् २००७ मा उच्च शिक्षाको लागि बेलायत गएका थिए। बेलायतको वेल्स बिश्वबिद्यालयबाट २०१० मा एम एस्सी गरेका पाण्डेयले सन् २०१२ मा सन्डरल्याण्ड बिश्वविद्यालयबाट एम बि गरेका हुन्।

सन् २०१२ मा एम्नेस्टी इन्टरनेसनल यूकेका लागि यूरोपका ६ देशमा फण्डरेजिङ्ग साइकल यात्रा गरेका पाण्डेय एम्नेस्टी इन्टरनेसनल बेलायतका फण्डरेजर हुन्।पाण्डेय २०१५ मा पोर्तुगल बसाई सराई संगै एम्नेस्टी इन्टरनेसनल पोर्तुगलसंग आबद्ध छन्।

यसरी छोटो समयमै सामाजिक क्षेत्रमा लामो अनुभव सँगालेका पाण्डेयले पोर्चुगलको समग्र नेपाली समाजको जितका लागि जित्नुपर्ने धारणा सर्वसाधारणको रहेको बुझिएको छ ।