अनुहारमा चाउरी पर्न नदिन यसो गर्नुस् !

एजेन्सी । चुरोट खाने आदत भएका मानिसलाई उनीहरुको उमेरअघि नै अनुहारमा च्याउरी पर्ने गर्छ । निधारमा धर्सा बस्नेदेखि निकोटिनका कारण काला दाग समेत बस्ने गर्छ । निकोटिनले छालालाई कसिलो बनाउने कोषलाई टुटाइदिन्छ । अनुहारको चाउरीपनबाट जोगाउने महत्वपूर्ण टिप्सः पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार आउनुका साथै चाउरी पर्नबाट जोगाउँछ ।

जुन पायो त्यही साबुनले मुख धुँदा अनुहारमा चाउरी पर्छ । तसर्थ राम्रो फेसवासले मुख धुनुपर्छ । दुई चम्चा मह र चार चम्चा पाउडर दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने । दश मिनेटपछि अनुहार धुँदा अनुहारको छालामा निखारता आउनुका साथै छाला कसिलो हुन्छ । घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्न वा धोल्लो हुनबाट बचाउछ ।

एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले अनुहारको छालाको कसिलो बनाउने कोलेजेसनलाई टुट्नबाट बचाउँछ । यसले अनुहारमा धर्सा आउन र छला झोल्लिनबाट जोगाउँछ । साँझ एक मुठी आलमोन्ड काँचो दुधमा भिजाउनुहोस् । बिहान उठेपठिे बोक्रा फालेर आल्मोन्ड पिसनुहोस र पेस्टलाई अनुहारमा दल्नुहोस । आधाघन्टापछि अनुहार मन तातो पानीले सफा गर्नुहोस् । तपाईको छला जवान व्यक्तिको जस्तै देखिन्छ ।

जैतुनको तेलले अनुहार सफा गर्नुहोस् । यो तेलमा भिटामिन ए र ई हुन्छ जसले छालालाई कसिलो बनाउँछ । पाकेको मेवालाई पिसेर त्यसमा दुई चम्चा मह मिसाएर अनुहारमा दल्ने । १० मिनेटपछि मन तातो पानीले अनुहार सफा गर्नुहोस् । नियमित रुपमा यो अभ्यास गर्दा अनुहारको छाला कसिलो हुन्छ ।

कागतीमा साइट्रिक एसिड हुन्छ । कागतीको रसलाई दही वा महमा मिलाएर अनुहारमा लगाउनुहोस । अनुहारमो छालामा सुक्न लागेको कोषलाई बलियो बनाउनुको साथै कोष बृद्धि गर्छ ।स्वास्थ्य खबरपत्रिका लामो समयसम्म सिरानीमा अनुहार पारेर नसुत्नुहोस् । बरु सदा उत्तानो पर्नुहोस, ताकी अनुहारको कोषमा केही अशर नपुगोस् ।