जानिराख्नोस् पाको उमेरमा गर्भवती हुदाँ जोखिम हुन्छ कि हुदैँन ?

काठमाडौँ, छोरीको मृत्युले शोकाकुल भएकी बेलायतकी एक महिला छोरीको अन्डामार्फत आफू गर्भवती हुन चाहान्छिन् । अर्थात छोरीको अन्डालाई प्रयोग गरी हजुरआमा बन्न चाहान्छिन् । के यस्तो गर्भ बोक्दा खतरा छैन त ? सामान्यतया युवतीहरुको तुलनामा वृद्ध महिलाहरु बच्चा जन्माउने दृष्टिकोणले उच्च खतरामा हुन्छन् । तर ५० वर्षमाथिका महिलाहरु इन भाइट्रो फर्टिलाइजेसन ९आइभीएफ० माफर्त गर्भवती हुने गरेका छन् । लामो समय बच्चा नभएका महिलाहरु आईभीएफमार्फत उपचार गरिरहेकै बेला पाका महिलालाई पनि यो उपाचार पद्धति निकै प्रभावकारी भएका उदाहरण पाइन्छन् ।

तर बेलायती महिला ९श्रीमति एम० ले आफ्नी दिवंगत छोरीको इच्छा पुरा गर्न चाहेको बताउछिन् । छोरीको आज भन्दा पाँच वर्ष अगाडि ९सन् २०११० मा बाउल क्यान्सर भएर २८ वर्षमा निधन भएको थियो । मृत्यु अगाडि उनले आफ्नो अन्डालाई भन्डारण केन्द्रमा चिस्याएर राखेको न्युर्योकटाइम्सले जनाएको छ । छोरीको चिस्याएको अन्डालाई न्युर्योकमा लैजान पाउँ भनि श्रमिती एमले गरेको निवेदनलाई गत जुन ३० बलायतको अदालतले अनुमति दिएको छ ।

न्युर्योकमा उनले कुनै डोनरले दिने वीर्यलाई छोरीको अन्डामार्फत हजुरआमा बन्ने योजनामा छन् । सो भ्रुणलाई ती महिलाको पाठेघरमा राखिनेछ ताकी उनी हजुरआमा बन्नेछिन् । यदि श्रीमति एम आफ्नो योजनामा सफल भइन भने निश्चय नै उनी कोखबाटै नाती जन्माउने विश्वकै पहिलो पहिलो महिला हुनेछिन् । सन् २०११ मा भर्जिनियाकी ६१ वर्षीय महिलाले आफ्नी ३५ वर्षकी छोरी र ज्वाईको गर्भ आफ्नो पाठेघरमा राखेर हजुरआमा बनेकी थिइन् । छोरीमा मिसक्यारियजको समस्या देखिएपछि उनकी आमाले गर्भ बोकेकी थिइन् । त्यस्तै यस वर्षको सुरु तिर एक महिला छोरीको गर्भधारण गरी आमा बनेकी थिइन् ।

आमा बन्न चाहने वृद्ध महिलाले गर्भवती अवस्थामा धेरै कठिनाइ सामना गरेका छन् । सन् २०१० मा इजरायलमा गरिएको एक अध्ययनमा युवतीहरुको तुलनामा ४५ वर्ष काटेका महिला गर्भवती हुँदा उनीहरुलाई गेस्टसनल डायबिटिज र उक्तरक्तचापको शिकार हुने तीन गुण बढी सम्भावना हुन्छ । अझ बृद्ध अवस्थामा आमा बन्न चाहने महिलाको कोखलाई पिम्याचुअर वर्थले तुहाइदिएको अध्ययनमा उल्लेख छ । उनीहरुलाई प्राय सी सेक्सन डेलिभरीको आवश्यकता दर्शाइएको थियो ।

पाका महिला गर्भवती हुँदा उनीहरुको मुटु र रक्तनलीले थप रगत पम्प गर्न सक्दैन की भन्ने चासो र चिन्ता पनि उत्तिकै भएको युनिर्भसिटी अफ शिकागेका चिकित्सक डा डेभिड कोहेन बताउँछन् । किनकी गर्भवती अवस्थामा महिलाको रगतको मात्र करिब दोब्बर हुनुपर्छ । पाका महिलाको रक्त नली तन्किने सम्भावना कम हुने हुँदा उनीहरुलाई उक्त रक्तचापको खतरा बढी हुन्छ ।

यसका बाबजुद पनि केही महिलाले वृद्ध अवस्थामा पनि आइभीएफमार्फत सन्तान जन्माउन सफल भएका छन् । सन् २०१२ मा गरिएको एक अध्ययनमा पनि अनुसन्धानकर्ताहरुले आइभीएफ मार्फत सन्तान उत्पान गरेका ५० वर्षमाथिका १०० महिलाको केसको अध्ययन गरेका थिए । आइभीएफ अगाडि महिलाहरुको गहिरो स्वास्थ्य परीक्षण गरिएको थियो । मुटुको अल्टासाउन्डलगायतका शारिरिक र मानसिक स्फूर्तीपनको विस्तृत परीक्षण गरिएको थियो ।

पाका महिलामा उच्च दरमा गेस्टेस्नल डायबिटिज भएको र समय नै नपुगी सन्तान जन्माएका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए । पाका गर्भवती महिलामा सानो उमेरमा नै गर्भवती हुने अन्य महिलाको तुलनामा बढी रक्तचापको समस्या देखिएको थियो । त्यस्तै ८० प्रतिशत पाका गर्भवती महिलाको सी सेक्सनमार्फत बच्चा जन्माइएको थियो ।

उमेरले डाँडो काटेसँगै स्वभाविक रुपमा महिलाको कोखमा पनि परिवर्तन आउँछ । भ्रुणको वृद्धिको लागि कोखपनि उर्वर हुनुपर्छ , कोलम्बिया युनिर्भसिटी मेडिकल सेन्टरका प्रजनन तथा बाँझोपन उपचार शाखाका चिकित्सक डा मार्क साउर भन्छन् । पाका महिला गर्भवती हुनुअगाडि होल बडी चेक गर्नुपर्ने उनको सुझाव छ ।

पाका महिलामा उच्च दरमा गेस्टेस्नल डायबिटिज भएको र समय नै नपुगी सन्तान जन्माएका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । पाका गर्भवती महिलामा सानो उमेरमा नै गर्भवती हुने अन्य महिलाको तुलनामा बढी रक्तचापको समस्या देखिएका छन् । ८० प्रतिशत पाका गर्भवती महिलाको सी सेक्सनमार्फत बच्चा जन्माइएका छन् ।
स्वास्थ्य खबरपत्रिकाबाट