बेलायत आक्रमणः बर्मिंघममा प्रहरी छापा, ७ पक्राउ

एजेन्सी, बेलायतमा संसद भवन अगाडि भएको हमलामा संलग्नता भएको आशंकामा प्रहरीले वर्मिघम शहरबाट केहीलाई गिरफ्तार गरेको छ । सुरक्षाबलले पसलको एक छतबाट दोस्रो तलामा रहेको एक फ्ल्याटमा छापामारेको छ ।

बीबीसीका अनुसार उक्त छापामारीको सम्बन्ध लण्डनमा भएको आतंकवादी हमलासँग सम्बन्धित रहेको छ । प्रहरीका अनुसार यसमा मामलामा ७ जनालाई गिरफ्तार गरिएको छ । कार्यवहाक उप कमिश्नर तथा आतंकवाद निरोधी प्रमुख मार्क रोलले पीडित अलग अलग देशबाट भएको बताए । उनले घाइतेमध्ये सात जना अझै अस्पतालमा रहेको र उनीहरुको अवस्था गम्भीर रहेको बताएका छन् ।