यमनमा जारी युद्धमा सात हजार सातको मृत्यु

साना, १० चैत । संयुक्त राष्ट्र संघले हालै जारी गरेको एक प्रतिवेदनअनुसार यमनमा जारी युद्धमा परी ७ हजार ७ सय व्यक्तिको ज्यान गएको छ ।

दुई बर्ष पहिला यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाआवद्ध संयुक्त सेनाले यमनमा हस्तक्षेप गरेयता ७ हजार ७ सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४२ हजार ५ सय व्यक्ति घाइते भएका छन् ।

सन् २०१५ यमनका हुथी विद्रोहीहरुले राजधानी सानालागाय कैयौ प्रान्त कब्जामा लिएपछि रियादको शरणमा पुग्नु भएका राष्ट्रपति आबेदरब्बो मन्सुउर हादीको समर्थन गर्र्दै सन् २०१५ को मार्च २६ मा साउदी अरेबिया आवद्ध संयुक्त सेनाद्धारा यमनमा हवाई आक्रमण सुरु गरेका थिए ।

चार महिनासम्म जारी यस हवाई आक्रमणलगायतका युद्धपछि यमन सरकारले यमनको दक्षिण प्रान्त एडेन स्वतन्त्र भएको घोषणा गरेको थियो ।

अल कायदा र इस्लामिक स्टेटका सुनी जिहादीहरुको बढ्दो दबाबको सामाना गर्दै सन् २०१५ को मध्य अगस्तमा सरकारसमर्थक बलले यमनको दक्षिण भाग पुनः कब्जामा लिएको थियो ।

रियादले सन् २०१६ को फेबु्रअरीमा साउदी अरेबिया समर्थक बलले यमनको तीन भाग भन्दा बढी नियन्त्रणका लिएको बताएको थियो ।